२०७८ श्रावण ४, सोमबार ०७:१७

जनता समाजवादी पार्टी नेपाल (जसपा) को आन्तरिक विवादको पहिलो दिन आइतवार निर्वाचन आयोगको इजलासमा भएको सुनवाईमा दुवै पक्षका कानुन व्यवसायीहरुको बहस सकिएको छ । इजलासले सक्कल प्रमाण पेश गर्न दुवै पक्षलाई भनेको छ ।

दुवै पक्षको बहस सुनिसकेपछि आयोगको इजलासले प्रमाण मुकरर पेस गर्न आदेश दिएको अधिवक्ता विरेन्द्र ठाकुरले बताए । इजलासको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा बिहान ११ बजेदेखि शुरू भएको इजलासले सक्कली प्रमाण झिकेपछि मात्रै अन्य कुरा अघि बढ्ने सहमतिमा सकिएको हो । सक्कली प्रमाण झिकेपछि मात्रै अन्य कुरा अघि बढ्ने अधिवक्ता ठाकुरले बताए ।उनले दुवै पक्षलाई सक्कली प्रमाण लिएर आउन इजलासले तोकेको दिन फेरी बहस हुने जनाए । इजलासमा निवेदक पक्षको कानून व्यवसायी र जवाफ प्रस्तुतकर्ता पक्षले २ घण्टासम्म आ– आफ्ना तर्क राखेका थिए ।यादव पक्षका कानुन व्यवसायीहरुले ‘हेड काउण्ट’ को मागगर्दै कार्यकारिणी समिति, प्रतिनिधि सभाको संसदीय दल र राष्ट्रिय सभामा समेत बहुमतमा रहेका पक्षलाई आधिकारिकता दिनुपर्ने तर्क गरे । त्

यस्तै आयोगको इजलासले आगामी साउन ६ गतेदेखि निरन्तर सुनुवाइ गर्दै निर्णयमा पुग्ने निर्णय गरेको छ । ‘६ गतेदेखि हामीले बहसका लागि दैनिक २ घन्टाको समय छुट्टयाएका छौं ’ नाम सार्वजनिक गर्न नचाहने एकजना आयुक्तले भने, दुबै पक्षका ३÷३ जना वकिललाई समय दिनेछौं ।’आयोगले ६ गतेदेखि निरन्तर सुनुवाइ गरेर निर्णयमा पुग्ने जनाएको छ । जनता समाजवादी पार्टीको आधिकारिकता दावीगर्दै अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा निवेदन दिएपछि इजलासमा सुनवाई सुरु भएकोछ ।यादव र ठाकुर पक्ष दुबैले आधिकारिकता दाबी गरेका छन् ।आयोगले सहमतिका लागि दुवै पक्षलाई बोलाएको बेला विभाजनको प्रक्रिया अगाडि बढाइदिन सहमति भए अनुसार आयोगले इजलास गठनगरि प्रकृया सुरु गरेको छ ।

Comment


Related News

Latest News

Trending News