२०७८ श्रावण ४, सोमबार ०७:२८

केन्द्र पासवान कलैया । निजगढमा खानेपानीको समस्या समाधानका लागि दुईवटा खानेपानी ओभरहेड ट्यांकी निर्माण हुने भएपछी स्थानीय खानेपानी समस्यबाट मुक्त हुने भएका छन् ।

मेयर सुरेश कुमार खनालले आईतबार भरतगंज सुधार विस्तार नमुना खानेपानी आयोजनाको खानेपानी ओभरहेड ट्यांकीको शिलान्याश गर्दै भरतगंज सिंगौलमा खानेपानी समस्या समाधान गर्ने बताए । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कलैयाको सहयोगमा वडा नम्बर २ मा पनि खानेपानी निकाल्नको लागी परिक्षण हुदै गरेको उनले बताए । वडा नम्बर १ मा सबा २ लाख लिटर क्षमताको दुईवटा खानेपानी ओभरहेड ट्यांकी निर्माण हुने भएपछी भरतगंज सिंगौलमा खानेपानीको ७५ प्रतिशत समस्या समाधान हुने उनले बताए । चुरे पहाडको बिकट क्षेत्रमा बसोबास गर्ने केहि घरपरिवार लगायत अन्य नागरिकको पनि शुद्ध खानेपानीमा पहुच पुर्याउने आफ्नो लक्ष्य अनुसार कार्यको थालनी गरेको खनालले बताए ।

नगरपालिका अन्तर्गत साविकको निजगढ क्षेत्रमा १० हजार लिटरसम्म खानेपानी उपभोग गर्ने उपभोक्ताहरुलाई निशुल्क खानेपानी वितरण गर्ने आफ्नो योजना अनूरुप चालु आर्थिक वर्षदेखि नीति लागु हुने मेयर खनालले जनाए । शिलान्याश कार्यक्रममा नगरपालिकाकी उपप्रमुख खनालले नगर भित्रका नागरिकहरुलाई खानेपानीको अभाव हुन नदिन नगरपालिका मार्फत आवश्यक योजना संचालन गर्दै सम्बन्धित निकायमा थप पहल गर्ने बताईन । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराका डिभिजनल ईन्जिनियर जकि अहमद अन्सारीले निजगढ क्षेत्रमा खानेपानीको समस्या समाधान गर्न खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराले निरन्तर सहयोग गरीरहने विस्वास दिलाए । वडा नम्बर १ मा निर्माण भईरहेको २ वटा खानेपानी आयोजनाले निजगढ नगरपालिका अन्तर्गत पर्ने वडा नम्बर १,२ र ३ भरतगंज सिंगौलका ७ सय भन्दा धेरै घरधुरीका ५ हजार भन्दा बढी नागरिक लाभान्वित हुने वडा अध्यक्ष मंगल लोप्चनले बताए । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको सहयोगमा वडा नम्बर १ भरतगंज सिंगौलमा हाल सिंगौल ब्रम्हबाबा खानेपानी आयोजना र भरतगंज सुधार विस्तार नमुना खानेपानी आयोजना संचालनमा रहेको छ ।

Comment


Related News

Latest News

Trending News