२०७८ श्रावण ४, सोमबार ०७:३७
बाराको दुई छुटाछुटै बिद्यालयका बिद्यार्थीहरुलाई एक सय एक थान साईकल बितरण गरिएको छ ।
प्रदेश नं.२ सरकारको बेटी पढाउँ बेटी बचाउँ अभियान अन्तर्गत निजगढ नगरपालिका वडा नं.८ स्थित गौरी शंकर माध्यमिक बिद्यालयमा अध्ययनरत ७४ जना बिद्यार्थीहरुलाई प्रदेश सभा सदस्य त्रिलौक चौधरीले एक, एक थान साईकल बितरण गरे । साईकल बितरण कार्यक्रममा बोल्नु हुँदै प्रदेश सभा सदस्य चौधरीले आफनो संसदीय कोषबाट रु २५ लाख रुपैया गौरी शंकर माध्यमिक बिद्यालयलाई सहयोग गर्ने घोषणा गरेका थिए । त्यस्तै जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.१६ स्थित टाँगियाबस्तीमा प्रदेश सभा सदस्य पारस साहले नेपाल राष्ट्रिय अधारभुत निमाबि टाँगिया बस्तीका २७ जना बिद्यार्थीहरुलाई साईकल बितरण गर्नुभएको थियो ।


