अपडेट 
२०७८ श्रावण ४, सोमबार १२:५८

पाकिस्तानको पञ्जाब प्रान्तमा सोमबार भएको बस र ट्रक दुर्घटनामा २९ यात्रीको मृत्यु भएको छ ।

यसमा महिला र बालबालिका पनि समावेश छन् । ४० भन्दा बढी घाइते भएका छन् । यीमध्ये चारजनाको स्थिति गम्भीर छ । दुर्घटना मुजफ्फरगढको डेरा गाजी खान नजिकै हाइवेमा भएको हो । डन न्यूजका अनुसार बस सियालकोटबाट राजनपुरतर्फ जाँदै थियो । इलाकाका कमिश्नर डा. इरशाद अहमदले घटनास्थलमा राहत र उद्धारकर्मी पुगेको जानकारी दिए । शव र घाइतेलाई अस्पताल पुर्याइएको छ । दुर्घटनामा घाइते भएका मानिसहरु ईदमा आफ्नो घर गइरहेका थिए ।

Comment


Related News

Latest News

Trending News