अपडेट 
२०७८ श्रावण ५, मंगलवार ०७:४१

सरकारले बकर इदमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

साउन ६ गते सार्वजनिक विदा दिइने निर्णय भएको हो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । नेपाल मुश्लिम संघले बकर इदमा बिदा दिन गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएर हालै ध्यानाकर्षण गरेको थियो । नेपाल मुश्लिम संघका अध्यक्ष अब्दुल सतारलगायतले गृहमन्त्री खाँणलाई बकर इदमा बिदा दिनका लागि पहल गरिदिन आग्रह गरेका थिए । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बकर इदमा विदा थियो । पछि केपी शर्मा ओली प्रधानमन्त्री भएपछि विदा काटिएको थियो ।

Comment


Related News

Latest News

Trending News