२०७८ श्रावण ६, बुधबार ०७:१५

जनकपुरधाम । प्रदेश २ का महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री विरेन्द्र सिंहले प्रदेश सरकारले चाडै नै खेलकुद सम्बन्धी ऐन ल्याउने बताएका छन् ।

नेपाल क्योकोशिन कान कराँते संघ प्रदेश नम्बर २ ले सोमवार विहान जनकपुरमा आयोजना गरेको खेलाडीको बेल्ट वितरण तथा सम्मान कार्यक्रममा मन्त्री सिंहले यस्तो बताए । प्रदेश २ मा खेलकुदको अपार सम्भावना रहेपनि संघीय सरकारले प्रदेशका खेलाडी सँग विभेद गर्दै आएकोले अव प्रदेश सरकार ऐन बनाएर खेल र खेलाडीको विकास तथा प्रवद्र्धन गर्ने बताए । प्रत्येक विद्यालयमा खेल मैदान, खेलाडीको क्षमता वृद्धिका साथै खेलकुदको लागि प्रदेश सरकारले अवदेखि व्यवस्थित रुपमा अगाडी बढ्ने मन्त्री सिंहले बताए । खेलकुदको विकासको लागि प्रदेशका ८ वटै जिल्लाका खेलाडीलाई खेलकुद समाग्री वितरण गरिने मन्त्री सिंहले बताए । कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा सहभागि प्रदेश सांसद रामअशिष यादवले खेलाडी राष्ट्रको गहना मात्र नभई राष्ट्रको गौरव रहेको बताए । खेलकुद विकासको लागि विभिन्न स्थानमा स्टेडियम, खेल मैदान निर्माण गरिरहेको सांसद यादवले बताए । कार्यक्रमको अध्यक्षता गरेका नेपाल क्योकोशिन कान कराते संघ प्रदेश २ का प्रमुख प्रशिक्षक मोहम्मद असगर खानले खेलाडीलाई राजनितिक दलहरुले आफ्नो स्वार्थ अनुसार प्रयोग गर्दा खेलकुदको विकास हुन नसकेको बताए ।

खेलकुदको माध्यमबाट पनि नेपाललाई विश्व रंगमंचमा चिनाउन सक्ने फुल कन्टेक्ट कराते प्रदेश समितिका संयोजक समेत रहेका खानले बताए । कार्यक्रममा नेपाल क्योकुशिनकान करातेका दुई दर्जन खेलाडीलाई बेल्ट र प्रमाण पत्र वितरण गरिएको छ । वितरण कार्यक्रममा नेपाल क्योकुशिनकान कराते संघका सल्लाहकार राकेश यादव, धनुषा जिल्ला सचिव सुनिल यादव, जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्भु प्रसाद साह, प्रशिक्षक निलु सहितका उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News