२०७८ श्रावण ६, बुधबार ०७:१९

लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिकाले नवलपुरस्थित लखन्देही खोलामा बनाएको ड्याम बाढीले बगाएको छ ।

लालबन्दी नगरपालिका–१ नवलपुरस्थित नन्देश्वर सामुदायिक वन क्षेत्रमा बाढीको कटान रोक्न केही दिनअघि बनाएको २ सय ८० मिटर ड् याम ३ दिनदेखि निरन्तर आएको बाढीले बगाएको हो । असारको अन्तिम साता आएको बाढीले वनको झण्डै ३ हेक्टर क्षेत्र कटान गरेको थियो । बाढीले वनमा लगाइएको झण्डै ७ हजार बिरुवा पनि बगाएको छ । उक्त वन क्षेत्रको कटान रोक्नका लागि केही दिनअघि मात्र नगरपालिकाले करिव २ सय ८० मिटरको दुईवटा ड् याम निर्माण गरेको थियो । ड्याम पूर्ण रुपमा बगाएको लालबन्दी नगरपालिका–१ का वडाध्यक्ष पन्चलाल स्याङ् वोले जानकारी दिनुभयो । मनपरी किसिमले उत्खनन हुँदा खोलाले धार परिवर्तन गरेर कटान गरेको स्थानीयवासीले बताएका छन् । अब अझ ठूलो बाढी आउँदा नवलपुरमा बनिरहेको नेपाल विद्युत् प्राधिकरणको सवस्टेशन र त्यस छेउछाउका घरहरु जोखिममा परेका वडाध्यक्ष स्याङ्वोले बताए । नन्देश्वर सामुदायिक वनका अध्यक्ष उदय बहादुर कार्कीले खोलामा भएको अवैध उत्खननको मार सामुदायिक वनले खेप्नु परेको गुनासो गरे ।

उत्खननका कारण वन क्षेत्रतर्फ बाढी तेर्सिएको कार्कीको भनाई छ । लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काले खोलामा पानी कम हुनासाथ फेरि ड्याम कस्न जेसिबी तयारी अवस्थामा राखिएको बताए ।

Comment


Related News

Latest News

Trending News