कलैया । बाराको कलैया उपमहानगरपालिका अन्तर्गत भलुही भरवलिया दलित प्राबि भवनको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
प्रदेश साँसद पारस साहको संसदीय बिकास कोषको रकमबाट सो भवन निर्माण भएपछि साहले विधीबत रुपमा उद्घाटन गरेका थिए । उद्घाटन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश साँसद साहले बिधालयको भवन निर्माण संगै पठनपाठनमा सहयोग पुग्ने बताए । बिधालय बिधार्थीहरुको उपस्थिती महत्वपुर्ण बनाउनका लागि शिक्षकहरुले दतचित भई पढाउने तर्फ अग्रसर हुनुपर्ने सांसद साहको भनाई थियो । प्रदेश २ मा शिक्षाको अवस्था कमजोर भएको हुदा सरकारी बिधालयका शिक्षकहरुले नै अवस्था सुधारका लागि महत्वपुर्ण योगदान गर्ने बेला आएको भन्दै साँसद साहले जानकारी गराए । गुणस्तर शिक्षाका लागि चाहिने पर्ने समाग्रीहरु, जनशतिm पुर्ती गर्नका लागि आफु सहयोग गर्ने प्रतिवद्ध रहेको बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख पवन ब्याहुत, वडाध्यक्ष अम्बिका प्रसाद यादव, शिक्षक रबिन्द्र गिरी, जसपा क्षेत्रीय अध्यक्ष कमलेस मण्डल, युवा अध्यक्ष सुजित कुमार पान्डेय लगायत जसपा पार्टीका नेता कार्यकर्ता तथा विभिन्न पार्टी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


