अपडेट 
२०७८ श्रावण ६, बुधबार १६:४४

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ६१६ जनाको नमुना परीक्षण गर्दा २ हजार ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले सो जानकारी दिएका हुन् । उनले सोही अवधिमा १ हजार ४१५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३० जनाको मृत्यु भएको छ । हाल देशका १२ जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेका छन् ।  हाल देशभर संक्रमणबाट ९ हजार ६३७ जनाको मृत्यु भइसकेको छ  भने कुल संक्रमितमध्ये ६ लाख ३६ हजार ४०२ जना निको भएका छन् ।  हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या ७ लाख २४ हजार ४५५ जना पुगेको छ ।

Comment


Related News

Latest News

Trending News