२०७८ श्रावण ७, बिहीबार ०८:०६

गौर । रौतहट जिल्लाको जिल्लाको राजदेवी नगरपालिकामा बाख्रा वितरणको नाउँमा अनियमितता भएको तथ्य खुलेको छ ।

आर्थिक वर्ष २०७७÷०७८ को प्रधानमन्त्री कृषि आधुनिकरण परियोजन अन्तर्गत संचालन भएको बाख्रा पकेट क्षेत्र कार्यक्रममा नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत , लेखापाल र कार्यक्रम संचालन गर्ने राजदेवी बाख्रा फर्म राजदेवी नगपालिका ४ का कृषक रिता देवीले परियोजनाको लक्ष्य विपरित कार्य अनियमिता गरेको हो । वार्षिक रुपमा संचालन हुने कार्यक्रमको लागि नगरपालिकाले २०७८ साल जेठ १४ मा १५ दिने सुचना जारी गर्दा सो सुचनामा कार्यक्षेत्र राजदेवी नगरपालिकाको १ देखि ९ वडा तोकिएकोमा ४ वटा वडामा कार्यक्रम सीमित गरेको छ । असार ९ गते भएको प्राविधिक समुहको बैठकमा राजदेवी बाख्रा फर्म राजदेवी बसतपुर ४ लाई छनौट गरि ११ गतेमा बाख्रा अनुदान तराई बाख्रा र बोका बोयल जातको दिने गरि १५ लाखमा नगरपालिकाको निमित प्रमुख प्रशासकीय अधिकृत सुबोध साह र फर्म संचालिका रिता देवी विच सम्झौता भएको थियो । आत्मनिर्भर बनाउने उदेश्यले बाख्रा पकेट कार्यक्रम नेपाल सरकारले संचालन गरेकोमा सो विपरित संघ संस्थाले आर्थिक प्रलोभनमा बच्चा नदिने पाठी वितरण गरि रकम कुम्ल्याएका छन् । १०० बाख्रा वितरण गर्न १५ लाख रकम विनियोजन गरेकोमा कार्यक्रम संचालन गर्न स्वीकार गरेका राजदेवी बाख्रा फर्म राजदेवी नगरपालिका ४ का संचालक रिता देवीले २ देखि ३ हजारमा पाइने तराई जातका बाख्रा खरिद गरि वितरण गरेकी छन् । १५ हजारका दरले खरिद गरि भर्पाइ बनाएर रकम अनियमिता गरेको पाइएकोले सम्वन्धित निकायबाट निश्पक्ष रुपमा छानविन गरि कानुनी कारवाही गर्न नगरपालिकाका उपप्रमुख अंशु सिंहले माग गरिन् ।

राजदेवी नगरपालिका ९ मा वितरण गरिएको १० वटा बाख्रामा एउटा मरिसकेको छ । स्थनीय रिता देवी रामलाई वितरण गरिएको पाठी ६ दिन पछि मरिसकेको छ । अन्नपूर्ण कृषक समुहमा आवद्ध भएकी महिलाहरुलाई २ वटा बच्चा फिर्ता गर्ने शर्तमा पाठी दिएको स्थानीय क्षेमा देवीले बताएकी छिन् । समान रुपमा वितरण गर्नु पर्नेमा असमान्य रुपमा बाख्रा वितरण गरिएको कागजपत्रबाट पुष्टि भैरहेको छ । महारानी दलित बाख्रा पालन समुह राजदेवी नपा–६ लाई ११ बटा बाख्रा दिएको छ । जसमा उषा देवी राम निर्वाचित नगर सभा सदस्य रहेका छन् । साह कृषि फर्म राजदेवी ४ मा १ जनालाई १० बटा बाख्रा दिइएको छ । दुर्गामाई बाख्रा पालन समुह राजदेवी नपा– ६ लाई १९ वटा , अनामिका पशु तथा मत्स्य राजदेवी नपा–६ का एक जनालाई मात्रै ५ वटा बाख्रा दिइएको छ । लक्ष्मी बाख्रा पालन समुह राजदेवी नपा–४ को १० वटा , अन्नपूर्ण कृषक समुह राजदेवी नपा–९ लाई १० वटा , राजदेवी बाख्रा फर्म राजदेवी नपा–४ को एक जनालाई १० वटा , जानकी भैसी पालन समुह राजदेवी नपा–८ लाई १५ वटा र कुमकुम पोल्ट्री फर्म राजदेवी नपा–४ को १ जनालाई १० वटा गरि १०० बाख्रा वितरण गरिएको भरपाई पेश गरि सम्झौता अनुसारको रकम भुक्तानी लिएको छ । असार २५ गते सम्म कार्यक्रम सम्पन्न गरि सक्नु पर्ने सम्झौता पत्रमा उल्लेख गरिएको भएपनि २८ गते बाख्रा वितरण गरिएको थियो । महिनादेखि पहिला काम सम्पन्न गरि भुक्तानीको लागि कागजपत्र पेश गरेकाहरुको भुक्तानी नगरेको निमित प्रमुख प्रशासकीय अधिकृत साहले २८ गते कार्यक्रम संचालन गरि विल भर्पाइ पेश गरेको राजदेवी बाख्रा फर्मको १५ लाख एक दिन मै भुक्तानी गरिएको थियो । कार्यक्रमको क्षेत्र १ देखि ९ वडा सम्म निर्धारण गरिएपनि वडा नम्बर ४, ६, ८ र ९ मा मात्रै वितरण गरिएको छ ।

वडा नम्बर १ , २ ३,५ , र ७ मा वितरण गरिएको छैन । नगर प्रमुख धिरेन्द्र कुमार सिंहको पक्षमा भएको वडालाई लक्षित गरि कार्यक्रम संचालन गरि रकममा व्यापक अनियमितता गरेको पुर्व सभासद बबन सिंहले आरोप लगाए । कार्यपालिका सदस्य वडा नम्बर ८ का दिपिया देवीलाई २ वटा बाख्रा दिइएको बताउदै सिंहले गरिव निमुखा असहायलाई नदिएको टिप्पणी गरे । राजदेवी नगरपालिकाका मेयर खुलेआम भ्रस्टाचार गर्दै आएपनि नियमन गर्ने निकायले कुनै चासो नलिएको आरोप लगाए । ३ वर्ष देखि नगरपालिकामा भएको अनियमितता बारे आवाज उठाउनुको साथै उजुरी गरेपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग , जिल्ला प्रशासन कार्यालय पनि छानविन तर्फ कुनै चासो नलिएको भनाइ पुर्व सभासद सिंहको रहेको छ । रकम भुक्तानीको विषयमा जानकारी लिन निमित प्रमुख प्रशासकीय अधिकृत सुबोध साहले बाख्रा अनुदानको लागी ८ लाख तथा अन्य गतिविधिको निमित ७ लाख रकम भएको बताएका छन् ।

Comment


Related News

Latest News

Trending News