अपडेट 
२०७८ श्रावण ८, शुक्रबार ११:५२

भारतमा पछिल्लो २४ घण्टा अवधिमा ३५ हजार भन्दा धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा ३५ हजार ३ सय ४२ जनामा संक्रमण देखिएको हो।

यो अवधिमा ३८ हजार ७ सय ४० जना संक्रमणमुक्त भएका छन् भने ४८३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। अहिलेसम्म भारतमा कुल संक्रमित हुनेको संख्या ३ करोड १२ लाख ९३ हजार भन्दा धेरै पुगेको छ। ती मध्ये ३ करोड ४ लाख लाख ६८ हजार भन्दा धेरै संक्रमणमुक्त भएका छन् भने ४ लाख १९ हजार भन्दा धेरैले ज्यान गुमाएका छन्।

अहिले भारतमा ४ लाख ५ हजार भन्दा धेरै सक्रिय संक्रमित छन्।भारतले आफ्ना ४२ करोड ३४ लाख भन्दा धेरै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाइसकेको छ।

Comment


Related News

Latest News

Trending News