संरक्षण अभावमा जलाद नदीको बहाव जनकपुरधाम उपमहानगरपालिका वडा नं. २५ लोहनातर्पm गएपछि गाउँबासी त्रसित बनेका छन् ।
वर्षा यामसँगै जलाद नदीमा पानीको सतह बढेपछि स्थानीयहरु त्रसित बनेका हुन् । केही दिन यता नियमित अन्तरालमा वर्षा भइरहेको छ । वर्षाका कारण जलाद नदीमा आएको बाढीले लोहनाका सयौ घरपरिवार डुबानको जोखिममा परेका छन् । बाढीको पानी खेतीयोग्य जग्गामा प्रवेश गर्दा धानबाली समेत नष्ट हुने खतरा बढेको छ । नदीको डिल भत्किदै गएपनि सरोकारबालाहरुको ध्यान संरक्षणतिर नजाँदा सिंगो गाउँ नै त्रसित बनेको स्थानीय मो.समिरूलले बताए । जलाद नदीको संरक्षणमा सरकारी निकाय उदासिन हुँदा वर्षा याममा गाउँ नै त्रासमय हुने गरेको उनले थपे । नदी कटानको समस्याबारे संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार समयमा ध्यान दिए गाउँलाई डुबानको जोखिमबाट जोगाउन सकिने स्थानीय नसिम फकिरले बताए । बाढीको पानीले विग्हौ खेतीयोग्य जग्गा बगरमा परिणत हुने गरेको अनुभव सुनाउँदै उनले यसतर्पm सरकारको ध्यान जानुपर्ने धारणा राखे । नदीको कटानबाट हुने क्षतिलाई रोक्न बाँध निर्माण लगायतका योजना सरकारले ल्याउनु पर्ने उनले बताए ।
लोहनामा सरकारले गाउँ विकास निर्माणका लागी करोडौ रकÞम उपलब्ध गराए पनि वैज्ञानिक तरिकाले विकास निर्माण कार्य नहुँदा विकास भन्दा विनाशको जोखिम बढाएको उनले थपे । सरकारले विकास निर्माण कार्यका लागि सबै वर्ग समुदायलाई लक्षित गरि योजना उपलब्ध गराए पनि हाल पहुँचबालाले बजेट चलाउने गलत संस्कार विकसित हुँदै गएको छ, उनले भने–पहुँचको आधारमा योजना दिने गरिएको छ ।


