अपडेट 
२०७८ श्रावण ९, शनिबार ०७:५५

विचार विज हो , यो अजर अमर हुन्छ । मर्दैन । विज ढुंगाको छाती चिरेर भएपनि एक नएक दिन अवश्य स्वरुप ग्रहण गर्छ । विचार पनि यस्तै हो । विज समय अनुसार पल्लवित पुष्पित हुन्छ अनि जात अनुसारको सुस्वादु फलपनि दिन्छ । विचार पनि यस्तै हा । समय आएपछि आफ्नो स्वरुप ग्रहण गर्छ । आन्दोलन मार्फत स्थापित हुन्छ । विजलाई विरुवा बन्न समय तथा उपयुक्त वातावरण चाहिए जस्तै विचार स्थापित हुन पनि उपयुक्त वातावरण र समय लाग्न सक्छ । वातावरण बन्न महिनौं लाग्न सक्छ । वर्षौ लाग्न सक्छ । सदियौं पनि लाग्न सक्छ । वातावरण निर्माण नभएकै कारण पञ्चायती व्यवस्था ढाल्न तीस वर्ष लागेको थियो । संघीयता आउन आधा शताब्दी लाग्यो । संघीयता संस्थागत हुन अझ कति वर्ष लाग्ने हो कुन्नी ?

तर समय र वातावरण निर्माण भएपछि , सकारात्मक परिवर्तन भने हुने नै छ । भएकै छ । यस बीच नेपालका पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबूराम भट्टराईको एउटा ट्वीटले समाजलाई तरंगित बनाएको छ । यसको पक्ष र विपक्षमा तर्क वितर्क गरिदै छ । विचारमाथि टिका टिप्पणी हुनु , जनमत पक्ष र विपक्षमा विभाजित हुनु अस्वाभाविक होईन । कारण भनिएकै छ – ‘ वादे वादे जायते तत्व वोध ः ।’ वाद विवाद , विचार मंथनविना निष्कर्षमा पुग्न सकिन्न । डा.भट्टराईको ट्वीटले विचार मंथनको अवसर जुराएको छ । सनातन धर्मको सकारात्मक पक्ष बारे जानकारी प्राप्त गर्ने अवसर मिलेको छ । तर दुर्भाग्य– आधारविनाका केही कुतर्कीहरुको प्रवेशले सार्थक वहसलाई रोषपूर्ण बनाएको छ । असहिष्णु बनाएको छ । केहीमा के भ्रम पड्न गएको छ भने धर्म र देवी देवतामाथि ‘ हाम्रै तथा हाम्रै वर्ग र समुदाय’को पेटेन्ट छ । यसले समाजलाई ध्रुविकरण गर्दैन भन्न सकिन्न । उदाहरण खोज्न कहि अन्त जानु पर्दैन । हाम्रो अगाडी नै छन् । डा.भट्टराईले आफ्नो ट्वीटर हैण्डलमा भारत उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदीत्यनाथले जलमा दूध प्रवाह गर्दै गरेको फोटो सेयर गरेर लेखेका छन् – ँबष्तज ष्क मबलनभचयगक तजष्लनक।ष्त mबपभक थयग तजचयध mष्पि बलम मचष्लप गचष्ल । अर्थात् आस्था खतरनाक चिज हो । यसले तपाईलाई दूध फाल्न र पिसाव पिउन वाध्य पार्दछ । ’ म डा.भट्टराईको ट्वीटका पक्ष वा विपक्षमा तर्क वितर्क गर्न चाहन्न । धेरै ज्ञानी–विज्ञानीहरु यस विषयमा प्रतिकृया जनाई सकेका छन् । जनाउने क्रम जारी पनि छ । उनको पुत्ला दहनसमेत भएको हामीले देखे सुनेकै हौं । धार्मिक आस्था बारे टिप्पणी गर्ने , लेख्ने तथा बोल्ने भट्टाई भने पहिलो व्यक्ति होईनन् । यस अघि पनि धेरै जनाले धेरै थोक लेखेका छन् । बोलेका छन् । तीमध्ये मलाई सन्त कवि कवीर स्मरण आउ‘छन । दुई धार्मिक सम्प्रदायबारे बारे उहॉको दुई दोहा राख्न चाहन्छु –

पहिलो :पाहन पूजे हरि मिले , तो मैं पूजू पहार । ताते यह चाकी भली , पीसी खाय संसार ।
अर्थात् यदि ढुंगाको पूजा गरेर हरि ( भगवान ) प्राप्त हुन्छन भने म पहाडलाई पूजा गर्ने छु । अनि यो भन्दा त राम्रो ढुंगाबाटै बनेको चाकी ( जॉता ) हो , जो मानिसलाई आंटा पिंध्न सहयोग गर्छ ।

दोश्रो : दिन भर रोजा रखत हैं , रात हुनत है गाय । यह खून , वह बन्दगी , कैसे खुशी खुदाय ।।
अर्थात् दिनभरि रोजा राख्छौ अनि रात गाई मार्छौ । जीव हत्या गरेर बन्दगी अर्थात् पूजा गर्छौ भने खुदा ÷अल्लाह कसरी खुसी हुन्छन् ?? कविरको जन्म विक्रम संवत १४५६ ( सन् १३९९ )मा अर्थात् करीव ७ सय वर्ष पूर्व भएको थियो । कल्पना गर्नोस् त्यतिवेलाको समाज । त्यतिवेलाको धार्मिक आस्था । त्यतिवेलाको रुढिवादिता अनि अन्धविश्वास । फेरी कल्पना गर्नोस् तत्कालीन समाजमा धार्मिक सहस्तित्वको वकालत गर्ने , कर्मको गाथा गाउने अनि ‘ कविरा खडा बाजारमे, लिए लुकाठी हाथ ।

जो घर डारे आपनो, चलो हमरो साथ ।।’ जस्ता पद लेखेर क्रान्तिको उद्घोष गर्ने कविरलाई तत्कालीन समाजले कसरी स्वीकार गरेका थिए ? एउटा व्यक्तिले आफ्नो विचार मार्फत कसरी सामाजिक क्रान्ति गरेका थिए होलान् ? त्यतिवेलाका समाज कति सहिष्णु थिए ? कति नरम र कति रमाइलो थिए ? आज हामी कम्युटरमाथि हात चलाई रहने युगका मानिस हौं । मोवाईलको एक वटम नचाएर देश दुनियाको समाचार बुझ्छौं । अध्ययन, अध्यापन, तिर्थाटन, पर्यटन र वैदेशिक रोजगारीको क्रममा नेपालका ५० लाख नागरिक अचेल देश विदेशमा छन् । अहिलेको समाज वैश्विक घुलनको हो । सांस्कृतिक घुलनको हो । लोकतान्त्रिक हो । कानूनले निषेधित गरेको वाहेक सबैलाई आफ्नो ईक्षानुसार खाने, लगाउने, बांच्न पाउने अनि धार्मिक,राजनीतिक,सांस्कृतिक आस्था राख्न पाउन अधिकार छ । आस्था जुनसुकै होस् कसैले कसैलाई निषेधित गर्न पाउ‘दैन । यस अग्रगामी समाजलाई डा.भट्टराईको जावो एउटा ट्वीटले तरंगित बनाउ‘छ भने हामीले के बुझ्नु पर्दछ भने हामी सात सय वर्ष अघिका समाज भन्दा पनि पछि छौं ।

सात सय वर्ष अघि कविरलाई स्वीकार गरियो । अचेल दुनियामा कविरका करोडौ अनुयायी छन् । त्यसैले भन्न मन लागेको छ – आस्थामाथि छेकवार लगाउने प्रयास होस् । तपाई आफ्नो आस्थामाथि अडिग रहनौंस् । अरुलाई उनकै आस्थामाथि छाडि दिनोस् । केही विषयको छिनोफानो समयले पनि गर्दा रैछन् ।

Comment


Related News

Latest News

Trending News