नेपाली कांग्रेस रौतहट निर्वाचन क्षेत्र नम्बर १ का कार्यकर्ताहरु पार्टी कार्यालय काठमाण्डुमा रिले अनशन शुरु गरेका छन् ।
पार्टीको नया क्रियाशिल सदस्यता, नविकरणमा विधान विपरित कार्य गरेको भन्दै पार्टी कार्यकर्ताहरुले केन्द्रिय कार्यालय विपी स्मृति भवनमा अनसन शुरु गरेको हो । केन्द्रिय अधिवेशनको लागि वितरण गरिएको नयाँ क्रियाशील सदस्यतामा तथा नविकरणमा पार्टीका सच्चा कार्यकर्तालाई बाइपास गरेकोले सुधार गर्नु पर्ने माग राख्दै निवेदन दिदा पनि पार्टीले कुनै सुनुवाई नगरेपछि बाध्य भएर आन्दोलन गर्नु परेको जिल्ला कोषाध्यक्ष राम श्रेष्ठ साहले बताए । जिल्ला सभापति कृष्णा यादवले केन्द्रिय कार्य समितिले पठाएको निर्देशिका विपरित आफ्नो पक्षका व्यक्तिहरुलाई न्या क्रियाशील सदस्यता प्रदान गरेको तथा नविकरण गरेको साहले आरोप लगाए । पार्टीको विधि विधान प्रक्रिया विपरित गरिएको सिफारिस रद गरि पुनः नया फर्म भर्न लगाई प्रक्रिया अनुसार क्रियाशील सदस्यता तथा नविकरण गर्नुपर्ने माग आदोलान्कारीहरुको रहेको छ ।
रौतहट क्षेत्र नम्बर १ मा रहेको ४१ वटा वडा मध्ये ३१ वटा वडाले उजुरी दर्ता गराएको उहाले बताए । जिल्ला कोषाध्यक्षको सदस्यता नविकरण नगरेको गुनासो गर्दै सुधार नगरिए आमरण अनशन शुरु गर्ने चेतावनी समेत दिएका छन् । माधव नारायण नगरपालिकाका वडा नम्बर १ , २, ३, ५, ७ ले वडा स्तरीय निर्णय गरि पठाएको फर्म जिल्ला सभापति यादवले नलिएको दावी कोषाध्यक्ष साहको रहेको छ । नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुको नाम नविकरण गरिएको छैन । रिले अनशनमा जिल्लावाट २० जना सहभागी रहेका छन ।


