२०७८ श्रावण ९, शनिबार ०८:०७

गौर । रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र प्रहरी उपरीक्षक शिद्धि विक्रम शाहले नयाँ कार्यको थालनी गरेका छन् ।

कार्यालयले गरेको कार्यको वार्षिक प्रगति प्रतिवेदन संयुक्त रुपमा सार्वजनिक गरेर दुवै कार्यालय प्रमुखले सकारात्मक संदेश दिएका हुन् । सरकारी तथा गैर सरकारी कार्यालय तथा संघ सस्थाले वर्ष भरिमा गरेको कार्यको विवरण प्रस्तुत गर्नु पर्ने रहेको प्रावधान अनुसार रौतहटमा पहिलो पटक जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले संयुक्त रुपमा कार्य सम्पादनको विवरण प्रस्तुत गरेर अन्य निकाय स्थानीय तहलाइ सामाजिक उत्तर दायित्व निर्वाह गर्न जोड दिएका हुन् । जिल्ला प्रशासन कार्यालयबाट आर्थिक वर्ष २०७७÷०७८ मा नया नेपाली नागरिकता प्रमाण पत्र १० हजार ४ सय ९७, प्रतिलिपि ५ हजार ४ सय ३६ , राहदानी २ हजार ९ सय ४७ वितरण गरिएको प्रमुख जिल्ला अधिकारी यादवले बताउनु भएको छ । राष्ट्रिय परिचय पत्रको ६ हजार ७ सय १४ विवरण दर्ता भएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा ७६ वटा बैठक भएको छ जसमा बढी बैठक कोभिड १९ संकट व्यवस्थापन सम्वन्धि रहेको छ । गएको २०७७ साउन २८ गतेमा रौतहट जिल्लामा आउनु भएका प्रमुख जिल्ला अधिकारी यादवले कोरोनाको पहिलो लहरबाट आक्रान्त बनेका रौतहट जिल्लामा पिसिआर मेशिन जडानमा महत्व पूर्ण भूमिका निर्वाह गरेका थिए ।

PCR मेशिन जिल्लाबासिको लागि अतिआवश्यक भएको महसुस गर्दै १८ स्थानीय तहको प्रमुख , प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यहरुको समन्वय बैठक आयोजना गरि प्रत्येक तहबाट ५ लाख रुपैयाका दरले सहयोग उपलव्ध गराई पिसिआर मेशिन र धरहरीमा ३ सय बेडको आइसुलेसन वार्ड संचालन गराएको विवरणमा उल्लेख गरिएको छ । राहतबाट ९ लाख ४७ हजार , राहदानी शुल्कबाट १ करोड ५१ लाख ७ हजार ५ सय , प्रशासनिक दण्ड जरिवानाबाट १ लाख ८९ हजार ८ सय , प्रशासनिक सेवा शुल्कबाट २४ हजार ९ सय र अन्यबाट ७ लाख ६५ हजार ६ सय गरि जम्मा १ करोड ६७ लाख १७ हजार ३ सय ८७ रुपैया आम्दानी भएको छ भने चालु , पुजीगत तथा विभिन्न खाताको खर्च ३४ करोड ७८ लाख ५८ हजार ६ सय ८२ रुपैया रहेको छ । रौतहट जिल्लामा शान्ति सुरक्षाको ठुलो चुनौती भएको बेला आएका प्रजिअ यादव र प्रहरी उपरीक्षक शाहले रौतहटको गरुडामा उत्कर्षमा रहेका दलित आन्दोलनको सहजताका साथ समन्वय गरि बार्ता संवादको मध्यमबाट समाधान गर्न अहम भूमिका निर्वाह गरेका थिए । युवा जोश जागर र काम गर्ने दृढ इच्छ बोकेका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक साहले जिल्लामा शान्ति सुरक्षा कायम गर्न सफल भएका हुन् । सिमा बन्दको समस्या र कोभिडको संक्रमण को जोखिम उच्च हुदा पनि चोरी निकासी पैठारी, अपराधिक गतिविधि नियन्त्रण मा उल्लेखनीय सफलता हासिल गरेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले गत वर्षको तुलनामा यस वर्ष राम्रो काम गरेको छ ।

त्रिवर्षीय कार्य प्रगति प्रसतुत गरेका प्रहरी उपरीक्षक शाह ले ७०१ मुद्दा दर्ता भएकोमा ४२४ फर्छौट भएको जानकारी दिएका छन् । २०७७ साउन ३२ गते भएको निरन्जन राम हत्याकाण्ड , भद्र ३ गते भएको हनुमान मन्दिरका पुजारी श्री राम साहको हत्या , १४ गते भएको मिन्त्रा देवीको हत्या , असोज ९ गते देवाही गोनाहीमा गरिएको धारिलो हथियार प्रहरबाट घाइते भएको जग्रनिया देवीको मृत्युको घटना, असोज १६ मा भएको १६ वर्षीय सांझा कुमारी हत्या काण्ड , कार्तिक २६ गते भएको १७ वर्षीय अमृता कुमारी साहको गोलि प्रहार गरि भएको हत्याको सफल अनुसन्धान गरि दोषीलाइ कारागार पुर्याईएको उहाले जनाए । थुनामा भएको बेला कुटपिटबाट मृत्यु भएको विजय रामको हत्याको आरोप लागेका तिन जना प्रहरी कर्मचारी अहिले फरार रहेकोले खोजि कार्य भैरहेको बताए । ३ थान सानो नाल भएको हथियार , एयर गण १ थान र गोलि १ राउण्ड सहित ३ जना पक्राउ परेको विवरणमा उल्लेख गरिएको छ । फैसला कार्यन्वयन पश्चात फरार रहेका ६२ जना प्रतिवादी र वारदात पश्चात फरार भएका ९३ जना प्रतिवादी पक्राउ गरिएको छ । महिला , बाल , बालिका तथा जेष्ठ नागरिक १८४ जना हराएकोमा ६० जना फेला परेको तथा १२४ जना अहिले सम्म फेला नपरेको प्रहरी उपरीक्षक शाहले बताएका छन् । जिल्ला राजनीतिक कार्यक्रम २७१ वटा भएकोमा सुरक्षाको लागि ४ हजार ९८ वटा प्रहरी परिचालन गरिएको थियो । जिल्लामा दैवी प्रकोपबाट ५२ जना को मृत्यु २ हजार १४ परिवार प्रभावित भएको थियो भने ५ करोड ७० लाख ७१ हजार रुपैयाको क्षति भएको छ । अघिल्लो आव को तुलनामा चालु आर्थिक वर्षमा ५ प्रतिशत अपराध घटाउने , १५ प्रतिशत राजश्व बढाउने , अविध हुण्डी कारोवार नियन्त्रण गर्न बरामदीमा ३० प्रतिशत बढाउने आगामी योजना सार्वजनिक गरिएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ६०० वटा सचेतनामुलक कार्यक्रम संचालन गर्ने , सवारी दुर्घटनामा २० प्रतिशत न्यूनीकरण गर्ने , प्रहरी आचरण व्यवहारमा सुधार गर्दै व्यवसायिक क्षमता अभिवृद्धि गर्न प्रहरी कर्मचारीहरुलाई आन्तरिक प्रशिक्षण प्रदान गरिने भावी कार्यदिशा निर्धारण गरिएको छ ।

Comment


Related News

Latest News

Trending News