अपडेट 
२०७८ श्रावण १०, आईतवार ०७:१८

नेपालको संविधानको अपचलन गरेको आरोपमा प्रधानमन्त्रीको पदबाट हटाइएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको ‘मनको ताप’ अझै सेलाएको छैन । उनले नेपाली जनताको समृध्दिको खाका खिंचेका थिए । चुच्चे रेल र बुच्चे पानी जहाजको कुरा गरेका थिए । बेला बेलामा राम र हनुमानको कुरा पनि गर्दथे । प्रधानमन्त्री छउन्जेल मोजमज्जा गरे । गीत गाए । आपूm नाचे । अरुलाई नचाए । अहिले आएर पो,‘मुखहेर्नेका…’ उखानले संकेत गरेजस्तै, जसको निनान्तरमा कोही भएन । यो हो अध्यक्ष खडगप्रसाद शर्मा ओली नामको एक मनोरोगी शासकको दुर्भाग्य । हाम्रो देशमा सत्ता भनेको शासन र शक्तिको संयुक्त योग हो । मानिसहरुमा सत्तामा रहेकै अवस्थामा आफनो मृत्यु होस भन्ने चाहना रहेको हुन्छ शायद । बाजा–गाजा र सिपाहीहरुको गर्जन सहित चितामा चढने इच्छाले धेरैलाई स्वार्थको गुलाम बनाएको असत्य होइन । कुरा राजनीतिज्ञको मात्रै होइन, देशका ठूला पद ओगटने कर्मचारीवर्ग समेत जीवन–पर्यन्त पद कसरी ओगटने भन्ने फिराकमा रहन्छन ।

यस्तो गजबको मनोबिज्ञान छ हाम्रो देशमा । एकपटक श्री बिश्वबन्धु थापाले बताउनु भएको थियो ः २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रका बिरुध्द सैनिक षडयन्त्र गरेपछि त्यो षडयन्त्रलाई साथदिने केही महानुभावले महाराजसंग सैनिक पोशाक लगाउने सुहाउँदो पद पाउन बिन्ति चढाएका थिए । ती महानुभावलाई महाराजले ‘बृगेडियर जेनरल’को पदले सुशोभित गरेका थिए । प्रजातन्त्रका बिरुध्द राजालाई सहयोग गरेका मानिसहरुलाई मरेपछि मलामी पनि नपाउने त्राश थियो मनमा । बृगेडियर जनरलको पदवी पाएपछि त्यस अनुसारको सैनिक सम्मान पाइने हुनाले मरेपछिका मलामीको चिन्ता हुँदैनथ्यो । यस्ता धेरै मानिसको नाम संझनामा थियो । तर, अहिले बिस्मृतिमा गएकोछ । एमालेका सांसद महेश बस्नेत अहिले खडगप्रसाद शर्मा ओलीका सहारा भएका छन । हिजोआज महेशले बाक्यै पिच्छे भन्ने गरेका छन ः सरकारले यसो गर्यो भने आगो बाल्छौं । सरकारले उसो गर् यो भने आगो बाल्छौं । महेश बस्नेतले बालेको आगो तापेर अध्यक्ष खड्गप्रसाद शर्मा ओली पक्कै रमाउलान । किनभने, बस्नेतको आगो त्यतिबेला बल्नेछ जतिबेला बर्तमान सरकारले टुक्रा टुक्रामा बिभाजित भै सकेको एमालेलाई बिभाजितगर्न अध्यादेश ल्याउनेछ । पाँचदलीय गठबन्धनका नेता र प्रधानमन्त्री शेरबहादुर देउवा त्यति बेबकूफ छन भन्ने महेशबाबुले सोचेका छन भने राजनीति छाडेर लैनो र दुधारु भैंसीको ब्यापार गर्नगए राम्रो होला ।

निश्चय पनि, खडगप्रसाद शर्मा ओलीको राजनीतिक पुनरागमन त्यतिबेला सहज र सुरक्षित होला जब अहिले सरकारमा रहेका पाँचदलीय गठबन्धनले बेकायदा गर्न लाग्लान । तर, त्यस्ता अवस्था देखिएको छैन । यिनीहरु संविधानको अपचलनगर्ने मनस्थिति राख्दैनन । प्रधानमन्त्रीले सर्वोपरि संविधान, संसद र सरकारमाथि बलात्कारगर्ने जुन परिपाटीको प्रारम्भ खड्गप्रसाद शर्मा ओलीले गरेका हुन त्यसका बिरुध्द आएको गठबन्धनले, कम्तीमा पनि, न्यायको ढोका पूरै खुलाराख्ने कुरामा भर पर्न सकिन्छ । यो गठबन्धनमा शक्तिशाली संगठन र शक्तिशाली नेताहरु छन । नेपाली कांग्रेसको ऐतिहासिक भूमिका यो देशको राजनीतिले स्थायित्व नपाएसम्म रही रहनेछ । यसका नेताहरु यतिबेला परस्परमा बिमत देखिएका छन । तर, परेको बेलामा बिबेक गुमाउने खालका कोही छैनन । माओवादीका अध्यक्ष प्रचण्डको कुरै भएन । गणतन्त्रको स्थापना र प्रचण्डको प्रधानमन्त्रीकालको बिसर्जनपछिको समयमा उनका बारेमा मैले लेखेको थिए, प्रचण्ड नहल्लिएसम्म नेपाली राजनीतिको पातपनि हल्लिदैन । यो कुरा अहिले पनि उत्तिकै सत्य छ । एमाले अध्यक्ष ओलीको वर्तमान राजनीतिलाई सही संबैधानिक परिप्रेक्ष्यमा उभ्याउने काम उनैले गरेका छन । एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अपनाएको साहसपूर्ण राजनीतिब बाटोमा अध्यक्ष प्रचण्डको साथ सहयोग र सदभाव अविस्मरणीय छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गठबन्धनको नेतृत्वलिन तयार गराउनुमा प्रचण्डको प्रयत्न थियो । मुखमा आइ सकेको महाधिवेशनका बीचमा नयाँ सरकारको नेतृत्वलिनु त्यति सहज थिएन । तर, त्यो पनि सहज बन्यो । गठबन्धन सरकारलाई समर्थन गर्ने कुरामा दोमन र व्दिविधामा रहेका सांसदहरुलाई जसरी समर्थनको बाटोमा ल्याए त्यो बरिष्ठ नेता माधवकुमार नेपालको नैतिक बिजय थियो । प्रधानमन्त्री तथा एमाले अध्यक्षका हैसियतमा खडगप्रसाद शर्मा ओलीले खेलेको पूरै खेलमा बरिष्ठ नेता नेपाल नै तारो बनाइएका थिए । तर, जसरी माधवजीले प्रधानमन्त्रीलाई पुनस्र्थापित प्रतिनिधि सभा पटलमा त्रिसट्ठी मतमा सीमित राखे त्यसैमा राजनीतिक कारिगरी छ । जनता समाजवादी पार्टीले आफनो मत गठबन्धनका लागि छुट्याउने बित्तिकै उसको मत पनि बढ्यो । जनमोर्चाको समर्थन स्वाभाविक थियो । यो खेलबाट पार पाउन सकेनन खडगप्रसाद शर्मा ओलीले । उनी आफैंमात्र एक्लै डुबेनन । उनले आपूmसंगै राष्ट्रपति बिद्यादेवी भण्डारीलाई पनि डुबाए । राष्ट्रपति भण्डारीलाई खड्गप्रसाद शर्मा ओलीले डुबाए भन्दा पनि उनी आफनै आनन्द र आल्हादका कारण डुबिन । गठबन्धनका नेताहरुले उनका बिरुध्द महाभियोग लगाएर हटाएनन भने यो नेपालको राजनीतिक र संबैधानिक इतिहासको स्थायी कलंक हुनेछ । यो कुरा पाँचदलीय गठबन्धनका नेताहरुले पक्कै बुझेका होलान । संबैधानिक पध्दति र परम्परालाई निष्कलंक राख्ने हो भने अहिलेकी राष्ट्रपति बिद्या भण्डारीको निर्गम अनिवार्य छ । यसमा गठबन्धनका कुनैपनि नेताले मत बझाउन मिल्दैन ।

अहिलेको राजनीतिलाई सूक्ष्म रुपले हेर्ने हो भने खडगप्रसाद शर्मा ओलीको प्रत्यागमनका सम्भावना क्षीण छन । उनलाई निरस्त गर्नका लागि राष्ट्रपति भण्डारीको निर्गम चाहिएको होइन । उनको निर्गम नभएसम्म संवैधानिक मर्यादा कायमराख्न कठिन छ । पाँचदलीय गठबन्धनले एक सातासम्म मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्नु राम्रो कुरा होइन । सुनिए अनुसार, सबै ‘बडका’ र ‘कद्दावर’ नेताहरुलाई खँदिलो मन्त्रालय चाहिएकोछ । यसैबीच माओवादी अध्यक्ष प्रचण्डको गुनासो बाहिर आएकोछ । माओवादीका ४९ सांसद सबै मन्त्री बन्न चाहन्छन । मन्त्री बन्न पाएनन भने प्रचण्डजीकै सत्तोसरापगर्दै हिडछन । भनेपछि, यो समस्याबाट प्रधानमन्त्री शेरबहादुर देउवा, बरिष्ठ नेता माधवकुमार नेपाल, अध्यक्ष उपेन्द्र यादव सबै पीडित छन । यस्तोमा उपेन्द्रजीले परराष्ट्र मन्त्री नताकेर मन्त्री परिषदभन्दा बाहिर रहेर काम गरे उहाँको छवि र प्रतिभा दुबै उज्ज्वल हुने हो । यतिबेला, यो संकटको मझधारमा सबैलाई मन्त्री नै बन्नु हो भने खडगप्रसाद शर्मा ओलीको चुच्चे रेलमा चढेर उनैको भजन गाएको भए भै हाल्ने थियो । उनको प्रधानमन्त्रीत्व खारेज नै किन गर्नु परेको थियो र ?

Comment


Related News

Latest News

Trending News