अपडेट 
२०७८ श्रावण ११, सोमबार १७:०२

नेपालमा सोमबार थप ३ हजार ४ सय २१ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको १२ हजार २४० पिसिआर परिक्षणका क्रममा २ हजार ३ सय ९१ र ५ हजार ३२ एन्टीजेन परिक्षणका क्रममा १ हजार ३० जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ३८ हजार ९०८ पुगेको छ । त्यस्तै थप २५ संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ । यो संगै नेपालमा ९ हजार ७ सय ३८ पुगेको छ । त्यस्तै १ हजार ६ सय ८६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ४५ हजार ३०१ जनाले कोरोना जितेका छन् । हालसम्म नेपालमा ३५ लाख ५१ हजार ३२३ वटा पिसिआर र २ लाख ९४ हजार ७६१ वटा एन्टीजेन परिक्षण गरिएको छ ।

Comment


Related News

Latest News

Trending News