अपडेट 
२०७८ श्रावण १३, बुधबार १०:३५

भारतको उत्तर प्रदेशमा मंगलबार राति रोकिराखेको यात्रुवाहक बसलाई ट्रकले ठक्कर दिँदा १८ यात्रुको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार लखनऊ-अयोध्या हाइवेअन्तर्गत बाराबांकी जिल्लाको कल्याणी पुलमा रोकिएको यात्रुवाहक बसलाई तीव्र गतिमा आएको ट्रकले राति साढे २ बजेतिर पछाडिबाट ठक्कर दिएको थियो । बस बिग्रिएकाले रोकिएको थियो । केही यात्रुहरू बसभित्र सुतेका थिए भने केही बाहिर निस्किएका थिए । उक्त बस हरियाणाबाट अर्को भारतीय राज्य विहार जान लागेको थियो । रातिको समय भएकाले दुर्घटनाको केही समयपछि मात्रै प्रहरी र स्थानीय पुगेका थिए । ट्रक यति तीव्र गतिमा आएको थियो कि ठक्करपछि बसभित्र सुतेका यात्रु पनि सडकमा पछारिएका थिए ।

ठक्कर दिने ट्रकका चालक फरार रहेको उत्तर प्रदेश प्रहरीका अधिकारीले जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News