२०७८ श्रावण १५, शुक्रबार ०७:१७

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकताको विवाद टुंगिएसँगै संसदीय दलको नेताको चयन शनिवार हुने भएको छ ।

कार्यकारिणी समितिको विहिबारको बैठकले दलको बैठक शनिवार बोलाएर नेताको चयन गर्ने निर्णय गरेको छ ।मंगलवार बसेको बैठकले नै नवराज सुवेदीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । दलको नेता सर्वसम्मतीबाट चयन गर्ने प्रयास हुने जनाउँदै बैठकका एकजना सहभागिले भने, तर त्यो संभव नभए निर्वाचन प्रकृयाबाट नै नेताको चयन गरिनेछ ।कार्यकारिणी समितिमा रहेका सांसदहरु मध्ये कसैलेपनि दलको नेतामा लडने धारणा व्यक्त नगरेको उनले बताए । संसदीय दलको नेताको चयन शनिवार भएलगतै आइतवार सरकारमा पठाइने सांसदहरुको नाम छनौटगरि पठाइने एकजना सहभागि सदस्यले बताए ।‘ दलका्े नेतामा अध्यक्ष उपेन्द्र यादवलाई चयन गर्न आम सहमति हुने संभावना छ ’ उनले भने, संघीय परिषदका अध्यक्ष डा.बाबुराम भटटराई पूर्व प्रधानमन्त्री हुन् र अशोक र्राइ सांसद नै छैन् ।

त्यस्तै बैठकले भदौ १ देखि मंसिर मसान्तसम्म संगठन सुदृढीकरण र जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । कार्यकारिणी समिति सदस्य अनुसार मंसिरसम्म संगठन सुदृढीकरण र जनजागरण अभियानका लागि कार्यविभाजन पनि गरिएको छ । केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा विष्णुहरि शर्मा र अनुशासन आयोगको प्रमुखमा नरसिंह चौधरीलाई जिम्मा दिइएको छ । त्यस्तै नवराज सुवेदीको संयोजकत्वमा अनुशासनसम्बन्धी छानबिनका लागि समिति बनाइएको छ । समितिमा गोविन्द चौधरी, प्रकाश अधिकारी, दुर्गा सोव र सुशीला श्रेष्ठ रहेका छन् । बैठकमा मन्त्रीहरुको नाममा सामान्य मात्र छलफल भएको उनले बताए । संसदीय दलको नेता चयनपछि मन्त्रीहरुको नामावलीबारे छलफल गरिने भएको छ ।

Comment


Related News

Latest News

Trending News