२०७८ श्रावण १६, शनिबार ०७:३९

जनकपुरधाम । विगत पाँच दिनदेखि बेपत्ता गणेशमान चारनाथ नगरपालिका १० बरमझियाका बिरेन्द्र यादवकी ६ वर्षीया छोरा प्रिती यादवको शव इनारमा भेटिएको छ ।

गत सोमवार घरबाटै प्रिती बेपत्ता भएकी थिइन् । उनी बेपत्ता भएलगत्तै आमा–बुवाले खोज्न सुरु गरिन् । तर कतै भेटिनन् । पछि प्रहरीमा समेत जानकारी गराए । प्रहरीले उनको खोजीमा खासै चासो देखाएनन् । शुक्रवार बिहान घरदेखि करिब १ किलोमिटरको दुरीमा रहेको प्रयोगविहिन ईनारमा प्रितीको शव गन्हाइसकेको अवस्थामा फेला पर्यो । स्थानीयका अनुसार पीडित बिरेन्द्रका आफ्न्तले बाँसको भाटाले पटक पटक इनारमा खोजेका थिए । तर शव भेटेको थिएन । शुक्रवार विहान बाँसको भाटा लिन प्रितीका काका इनार नजिक पुगेका थिए । सो बेला इनारबाट गन्ध आएपछि उनको मनमा डर पस्यो । इनारमा गएर हेर्दा प्रितीको शव भेटे । त्यसपछि आफ्न्त र प्रहरीलाई खबर गरे । प्रहरी पुगेर शव निकालेका थिए । इनारबाट शव निकाल्ने क्रममा ठूलो भीड लागेको थियो । मृतक बालिककी आमाले हत्या गरेर इनारमा फालेको दावी गरिन् । उनले अपराधीलाई कडा कारबाही गर्न माग समेत गरेकी छन् । उनले भनिन्, ‘छोरीलाई भारतको विभिन्न ठाउँमा समेत खोजेको थिए । तर यहीँ लुकाएर राखेको थियो । हत्या गरेर इनारमा फाल्यो ।’ घटनाको छानविन तालिमप्राप्त कुकुर ल्याएर गर्न प्रहरीसँग स्थानीयले माग गरेका थिए । तर प्रहरीले कुकुर ल्याएर अनुसन्धान गर्न नचाहेको उनीहरुको आरोप छ ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय सबैला र धनुषाधामको टोली पुगेको थियो ।

Comment


Related News

Latest News

Trending News