२०७८ श्रावण १७, आईतवार ०७:०५

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर–४ स्थित रहेको होटेल अशोकामा जुवा खेल्दै गरेको ९ जनालाई रौतहट प्रहरी पक्राउ गरेको छ ।

होटेलको कोठा नम्बर ३०१ मा जुवा खेलिरहेको सुचनाको आधारमा गएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट गएको नेपाल प्रहरीको टोलीले जुवा खालबाट नगद सहित ९ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला रौतहट गरुडा न.पा.वडा नं.४ गरुडा बजार बस्ने जितु राउतको छोरा २५ वर्षीय रामशरण चौरसिया, रामपुकार साहको छोरा २४ वर्षीय जय प्रकाश साह , राजेन्द्र चौधरीको छोरा २६ वर्षीय अशोक चौधरी, जोगेन्द्र प्रसाद जयसवालको छोरा ३६ वर्षीय हरिस जयसवाल, बिकाउ साहको छोरा २२ वर्षीय मुकेश साह, सुकुल प्रसाद जयसवालको छोरा २७ वर्षीय रोहित जयसवाल , वडा नं.१ जयनगर टोल बस्ने रामएकवाल राय यादवको छोरा ३० वर्षीय जंगबहादुर यादव, गंगाराम रायको छोरा २३ वर्षीय उमेश राय, वडा नं.७ बस्ने गणेश राउतको छोरा ४२ वर्षीय उपेन्द्र राउत रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको प्रहरी नायव उपरीक्षक लिला राज लामिछानेले जानकारी दिएका छन् । जुवा खालबाट खुल्ला तासको पत्ती ४१२ थान, रातो निलो रंगको सिल प्याक तास बुक थान ८, नगद दुई लाख उन्नासी हजार छ सय नब्बे रुपैया फेला परेको छ ।

Comment


Related News