२०७८ श्रावण १७, आईतवार ०७:१९

कलैया । बाराको फेटा गाँउपालिका १ त्रिवेणीमा एक कार्यक्रमबीच गाँउपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले बिउ स्रोत केन्द्रको उद्घाटन गरेका छन् ।

केन्द्रको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष अमिरीले अब स्थानीय स्तरमा बिउ स्रोत केन्द्र निर्माण भएपछि यस क्षेत्रका जनताहरुलाई निकै फाईदा पुग्ने विश्वास व्यक्त गरे । चर्को मुल्य पनि तिरेर किसानहरु बिउ खरिद गरि खेती गर्नका लागि निक्कै मेहनत गर्दा समेत बालीनाली राम्रोसंग नसप्रिदा कठिनाईको सामना गर्नुपरेको झन्झट समेत समाप्त भएको उनको भनाई छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना सुपरजोन एकाई बाराको १५ लाख, गाँउपालिकाको १५ लाख र नबिनतम कृषि सहकारी संस्थाको ६ लाख ३२ हजार गरी कुल ३६ लाख ३२ हजारको लागतमा सो स्रोत केन्द्रको स्थापना भएको सहकारीका अध्यक्ष उदय कुमार ठाकुरले जानकारी दिए । अब धान, गहुँ, दलहन, तेलहनलगायतका बिउबिजनहरु उत्पादन हुने र उत्पादित बिउहरु पलिकामा नभई बाहिर समेत पठाउने उदेश्य रहेको उनले बताए । कार्यक्रममा उपाअध्यक्ष कमरुण खातुन, सुपरजोनका प्रमुख डाक्टर सुरेन्द्र यादवलगायतकाले आ–आफ्नो बिचार ब्यतm गरेका थिए ।

Comment


Related News