अपडेट 
२०७८ श्रावण १७, आईतवार १२:३०

कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ घटेको छ ।

लगातार चार दिनदेखि बढेको सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको हो । आज सुन तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रवार सुन तोलाको ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ आज यथावत रहेको छ । शुक्रवार तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज घटबढ नभएको महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News