अपडेट 
२०७८ श्रावण १७, आईतवार १७:०१

नेपालमा आइतबार थप २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ८ हजार ४ सय २ पिसिआर परिक्षणका क्रममा १ हजार ९ सय ८१ र ४ हजार २ सय ३४ एन्टीजेन परिक्षणका क्रममा ५८७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ५९ हजार ३०७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ८ सय ७५ जनाले कोरोनाका कारण ज्यान गुमाएमा छन् । त्यस्तै थप २ हजार २० संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ५६ हजार १९७ जना कोरोना मुक्त भएका छन् । हाल नेपालमा ३१ हजार २९८ सक्रिय संक्रमित आइशोलेशन र ३७५ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३६ लाख ११ हजार ८६७ वटा पिसिआर र ३ लाख २२ हजार ६०१ वटा एन्टीजेन परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News