राजविराज । सप्तरी जिल्लाको पखियात साखडा भगवती (छिन्नमस्ता) मन्दिरबाट आइतबार राति करिब साडे आठ बजे माताको चाँदिको मुकुट चोरी भएको छ ।
मन्दिरमा राति पुजा गर्न गएका पुजारीले मुकुट नरहेको जनाएका छन । मन्दिरबाट चोरी भएको चांदीको मुकुट नभेटेको बताइएको छ । मुकुट चोरी भएको खबर फैलिए लगतै स्थानिय बासिन्दा र प्रहरी प्रसाशन घटना स्थलमा पुगेका छन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी जय नारायण अचार्यले मुकुट चोरी भएको पुष्टि गर्दे छानबिन थालेका छन । प्रमुख जिल्ला अधिकारी आर्चायले घटनाको छानबिनमा जिल्लाको सम्पुर्ण जनशक्ति लगाएको बताए । नेपाल भारतको सिमानाकामा रहेको प्रहरीहरुले समेत अनुसन्धान थालेका छन । अबेर राती सम्म कोही पक्राउ परेको छैन । घटनाको अनुसन्धानमा कुनै कसर बाँकि नरहने सिडियो ले बताए । घटनाको कारण पुर्व पश्चिम राजमार्गमा समेत निगरानी बढाइएको छ ।


