२०७८ श्रावण १८, सोमबार ०७:२५

रौतहटको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेलले विपद पुर्व तयारी अन्तर्गत भण्डारण गरि राखिएको १५ बोरा चामल कुहिएको बताएका छन् ।

कुहिएको चामल खाल्डो खनेर नष्ट गरिएको उनले बताए । साउन ११ गते वितरण गर्नको लागि आएको राहत सामग्री मेयर पटेलले खाल्डो खनी गाडेको भन्दै स्थानीयहरुले गरेको विरोध प्रदर्शन तथा विभिन्न संचार मध्यममा आएको समाचारको विषय मा नगरपालिकामा आइतवार आयोजित पत्रकार सम्मेलनमा मेयर पटेलले राहत सामग्रीको विषयमा प्रस्ट पारेका हुन् । कोरोनाको पहिलो चरणमा नेपाल सरकारले घोषणा गरेको लकडाउनबाट प्रभावित भएका परिवारलाइ सहयोग गर्ने उदेश्यले प्रदेश सरकारले उपलव्ध गरेको १५ लाख तथा नगरपालिकाबाट रकम थप गरेर खरिद गरिएको ३ हजार ९ सय राहत सामग्रीको पैकेज वितरण गरिएको र पछि प्रदेश सरकारले थप गरेको राहत सामग्री समेत वितरण गरि बाँकी रहेको करिव ४ सय बोरा चामल भण्डारण गरिएको बताए । संग्रहालयमा नगर उपप्रमुख परनिया देवीको सहमतिमा भण्डारण गरिएको राहत सामग्री बर्षातको पानीको कारण १५ बोरा चामल कुहिएकोले त्यसलाई खाल्डो खनेर गाडिएको विषयलाई लिएर विपक्षीहरुले सवै बोरा गाडियो भनि भ्रम फैलाएको दावी गरे । मेयर पटेलले नगरपालिकामा मधेशवादी र माओवादीको निर्वाचित जनप्रतिनिधि रहेकोले अल्पमतमा भएको अवस्थामा काम गर्न गाहे भैरहेको टिप्पणी गरे । राजनीतिक भागबन्डाको हिसावले काम गर्नु परेकोले सोहि विवादको कारण राहत सामग्री भण्डारण गर्नु परेको सुनाए ।

नेकपा माओवादीबाट निर्वाचित भएकी उपमेयर परनिया पटेलले प्रत्येक कार्यमा बखेडा झिकेकोले असहज भएको भनाइ उनको थियो । मेयर पटेलले पहिलो चरणमा साबुन वितरण गर्न जादा एउटा साबुनको अर्को भाग उपमेयरले समातेको उदाहरण पनि रहेको बताए । विकास निर्माण कार्यको लागि आउने बजेटमा बल पुर्वक ५० प्रतिशतको अंशियार बन्न खोज्ने नगर उपप्रमुखको कारण बजेट संचालनमा समेत समस्या हुने गरेको गुनासो गरे । संचारकर्मीहरुले उठाएको प्रश्नको जवाफमा मेयर पटेलले दक्ष कर्मचारी नभएको कारण प्राविधिक समस्या भएको बताए । नगरपालिकाको कुनै समान नष्ट गर्नु पर्दा मुचुल्का उठाउनु पर्ने रहेको प्रावधानको पालना समेत नभएको देखिएको छ । कुहिएको चामलको विषयमा मुचुल्का गर्नु पर्नेमा नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र चंद्रवंसी र स्टोर प्रमुख प्रभु यादवले भुल गरेको बुझिएको छ । नगर प्रमुखले कानुनी विषय प्रक्रिया बारे कर्मचारीले गर्नु पर्नेमा त्रुटी भएको स्वीकार गरे । राजनीतिक तनावले नगरपालिकाको काम काज प्रभावित हुने गरेको छ । तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट मेयर पटेल निर्वाचित भएपनि उपमेयर लगायत वडाध्यक्ष बहुमतमा नेकपा माओवादी भएकोले काम गर्न चुनौती रहेको उनले बताए ।

निर्वाचित जनप्रतिनिधिले राहतको विषयमा आफ्नो दायित्व निर्वाह नगरेको कारण त्यहाँका स्थानीयहरु राहतबाट बन्चित भएको हो । आफ्नो पदिय जिम्मेवारी निर्वाह गर्न नसकेका जनप्रतिनिधिहरुले पार्टीगत भावना अनुसार हिड्ने गरेकोले सो नगरपालिका विवादित रहेको छ । नगर प्रमुखमाथि दवाव सृजना गरेर कार्य गराउनुको साटो आर्थिक लाभ लिने उदेश्य जनप्रतिनिधिको रहेको छ ।

Comment


Related News