जनकपुरधाम । मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत प्रदेश २ का धनुषासहित आठै जिल्लामा साइकल वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ ।
धनुषासहित प्रदेशका आठै जिल्लाका सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत्त छात्राहरुलाई मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत साइकल वितरण गर्न लागेको हो । अभियान अन्तर्गत सोमबार बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ स्थित असर्फी साह आधारभूत विद्यालयका छात्राहरुलाई साइकल वितरण गरिएको हो । विद्यालयका प्रअ रामसिनेही यादवको अध्यक्षतामा भएको कार्यक्रममा जनता समाजवादी पार्टी, नेपाल प्रदेश २ का संसदीय दलका उपनेता रामअशिष यादवले छात्राहरुलाई साइकल वितरण गरेका हुन् । विद्यालय प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच साइकल वितरण गर्दै उपनेता यादवले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान मुलुककै उत्कृष्ट अभियान रहेको दावी गरे । राज्यले सामुदायिक विद्यालयको सुधारतर्पm गंभिर हुन नसकेको बेला प्रदेश २ सरकारले ल्याएको अभियानले छोरीलाई विद्यालय जान प्रेरित गर्ने विश्वास उनले व्यक्त गरे । समाजमा पछाडी परेको समुदायलाई लक्षित गरेर मुख्यमन्त्री लालबाबु राउतले बेटी पढाउ, बेटी बचाउ अभियान ल्याएको छ, उनले भने–साइकल पाएको देख्दा विद्यालय आउन नचाहेकी छोरीहरु पनि आउँछन् ।
यो अभियान प्रदेशका छोरीहरुको समृद्धिको आधार रहेको उनले दावी गरे । छोरीको शिक्षा नै समृद्धिको आधार रहेकोले यसलाई आत्मसाथ गरेर प्रदेश सरकार अघि बढिरहेको उनको भनाई थियो । पितृसतात्मक समाजमा प्रदेश सरकारले थालेको अभियानले सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास उनको थियो । उनले विद्यालयको वातावरणप्रति खुशि व्यक्त गर्दै सामुदायिकमा पनि नीजि विद्यालय जस्तो व्यवस्थापन गरिएको बताए । अन्य सामुदायिक विद्यालयको तुलनामा असर्फी साह आधारभूत विद्यालयमा शैक्षिक वातावरण कायम गरेको प्रअ र शिक्षकहरुमा उनले धन्यवाद समेत ज्ञापन गरे । संसदीय दलका उपनेता यादवले छात्राहरुलाई आप्mनो तर्पmबाट स्टेशनरी वितरण गर्दै नियमित रुपमा विद्यालय आउनको लागि आग्रह गरे । सो अवसरमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ वडा सदस्य निरंजन यादव, जसपा नेपाल धनुषाका नेता प्रमोद यादव, नेपाली काँग्रेसका नेता देवु यादव, जनकपुरधाम उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्भु प्रसाद साह, लक्ष्मेश्वर यादव लगायत विद्यालयका शिक्षक, शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।


