२०७८ श्रावण १९, मंगलवार ०७:४०

जनकपुरधाम । चुरे अभियानीमाथि मुद्दा चलाइएको विरोधमा चुरे तथा वनजंगल संरक्षण अभियानले जनकपुरधाममा अनिश्चितकालीन धर्ना सुरु गरेको छ ।

डिभिजन वन कार्यालय सिरहाका कार्यालय प्रमुखले विरुवा खरिदमा गरेको अनियमितता र मारुती सिमेन्टले वनको जग्गा कव्जा गर्दा पनि छानवीनको माग गर्दै गत साउन २ गते लहानस्थित डिभिजन वन कार्यालयमा ज्ञापनपत्र वुझाउन चुरे अभियानीहरु पुगेका थिए । सोहि क्रममा दुई जना अभियानीलाई पक्राउ गरिएको थियो भने पाँच जनामाथि झुठा मुद्दा चलाइएको भन्दै उनीहरुर्लाइ रिहा गर्नुपर्ने र डिभिजन वन कार्यालय सिरहाका प्रमुखमाथि छानवीनको माग राख्दै अभियानीले अनिश्चितकालीन आन्दोलन सुरु गरेको हो । अभियानले पहिलो चरणको आन्दोलन अन्तर्गत १० दिन सम्म धर्ना गर्ने भएको छ । अभियानले आइतवारदेखि सुरु गरेको धर्ना तथा जुलुस कार्यक्रम सोमबार पनि निरन्तरता दिएको छ । अभियानका धनुषा अध्यक्ष अमन यादवको अगुवाईमा जनकपुरधामको स्टेशनबाट निस्केको जुलुस भानु चौक हुदै मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको गेट अगाडी पुगेपछि धर्नामा परिणत भएको थियो । अनियमितता छानवीनको माग गरेपछि अभियानीहरुलाई धडपक्कड गर्नुका साथै झुठा मुद्दा लगाएको आरोप उनीहरुले लगाए । सरकारले झुठा मुद्दा फिर्ता र अभियानीलाई रिहाईका साथै डिभिजन वन कार्यालय सिरहामा छानवीन समिति गठन नगरे सम्म आन्दोलन जारी रहने बताए ।

Comment


Related News