लहान । सिरहाको गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव श्रीधर केसीले गोलबजार नगरवासीको सन्तुष्टिमा नै मेरो र नगरपालिकाको सन्तुष्टि रहेको बताएका छन् ।
नगरवासीले स्थानीय सरकार रहेको महसुस गर्न सक्नु नै ठूलो उपलब्धी रहेको बताए । केसीले भने विश्व कोरोना महामारीको असहज परिस्थितिमा पनि गत आवमा समग्रमा चालुतर्फ ७२.१८ प्रतिशत र पुँजीगत तर्फ ६६.४३ प्रतिशत काम गर्न सफल भएको बताए । भौतिक तर्फको प्रगति हेर्दा ९० प्रतिशतभन्दा बढी काम गरेको अधिकृत केसीले भने । गत आवको सुरुमै मैले भने अनुसार जेठ महिनाको मसान्तसम्म सबै काम सक्ने तर कोभिड र केही वडाहरुबाट समयमै योजना अनुसारको काम गर्न नसकेकोले भनेको जस्तो काम गर्न नसकेको अधिकृत केसीले स्वीकारे । तर समग्रमा सन्तोषजनक काम भएको बताए । गत आवमा कामको दौरानमा कस्ता चुनौती तथा असहजता पाउनु भयो भने जवाफमा अधिकृत केसीले भन,े कोभिडका बाबजुद पनि मातहतका कर्मचारीहरुको भरपुर सहयोग र कार्यपालिका तथा जनप्रतिनिधिहरुबाट समयमै गर्नुपर्ने आवश्यक निर्णयहरु गरेर सहयोग भएकाले खासै त्यस्तो समस्या भोग्नु नपरेको बताए । गत आवमा पनि योजना अनुसारको सडक पिचिंगको काम, आरसीसी ढलान, सामुदायिक भवनहरु, विद्यालयहरुको भवन निर्माण लगायतका अन्य विकासका गुणस्तरिय कामहरु भएको बताए । कोरोना कहरको अवस्थामा १ करोड ३५ लाख बजेटको लगानीमा २५ बेडको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छु ।
कोभिड अस्पतालमा अक्सिजन सहितको चिकित्सकीय सेवा २४ सौं घण्टा उपलब्ध रहेको समेत अधिकृत केसीले बताए । अधिकृत केसीले भने, गोलबजार नपामा मेरो २८ महिनाको बसाईको अवधिमा नगरवासीहरुलाइ निकै नै नजिकबाट बुझ्ने अवसर पाएको र स्थानीयहरूको पनि भरपुर सहयोग पाउँदै आइरहेकोले काम गर्न खासै कठिनाइ भोग्नु परेको छैन् । गोलबजार नगरकार्यपालिकाका एक जना सदस्य भन्छन्, अधिकृतको इमान्दारिता, कामप्रतिको लगनशीलता, अनुशासन र नगरवासी प्रतिको उत्तरदायित्वको बोधले नै आज सम्म उहाँप्रति कुनै किसिमको नराम्रा कुराहरु सुन्न पाएको छैन । उहाँ क्षमतावान र प्रशासनिक नेतृत्व गर्न सक्ने दृढ आत्मबलले गर्दा नै हामी सफल भइरहेको महसुस भएको समेत सुनाए । हाकिम साबसँग काम गर्दाको मज्जा नै बेग्लै रहेको नपामा कार्यरत एक कर्मचारी बताउँछन् । ती कर्मचारी भन्छन,् हाकिम सरमा सबैलाई मिलाएर लैजाने गुण भएकोले नै सबैको प्यारो हुनु भाछ । उहाँले सानो ठूलो कहिले पनि छुट्याउनु भएन । सबैलाई समान व्यवहार गर्नुहुन्छ । गोलबजार नपा वडा नं ६ मा आरसीसी ढलानका लागि गठित उपभोक्ता समितिका एक पदाधिकारी भन्छन्, उपभोक्ता समितिले स्वतन्त्र किसिमले काम गर्ने वातावरण पाएकोले नै काम गर्न सहज भएको भने । गोलबजार नपा वडा नं ४ का एकजना बुद्धिजीवी भन्छन्, पहिलेको भन्दा नपामा सेवाग्राहीहरुले सहजता महसुस गर्न पाएको छ ।
उनी भन्छन्, हाकिम साबबाट नै सेवाग्राहीको काममा कुनै किसिमको ढिलासुस्ती नगर्न र कुनैपनि फाइलहरु अड् काएर वा पेन्डिङमा नराख्न निर्देशन भएकै कारण सजिलो भइरहेको भने । यस चालु आबमा नै १५ शैयाको सुविधा सम्पन्न हस्पिटल निर्माणकोलागि टेन्डर समेत भइसकेको र चाँडै निर्माण काम सुरु हुने अधिकृत केसीले बताए । अधिकृत केसीले नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिबृद्धिमा गरेको उल्ल्ेखनीय योगदानको उच्च मूल्याँकन गर्दै नेपाल सरकारले सम्मान स्वरुप “प्रबल जनसेवाश्री चतुर्थ श्रेणी” द्धारा बिभूषित समेत भईसकेको छ ।


