अपडेट 
२०७८ श्रावण १९, मंगलवार १२:१९

अफगानिस्तानमा सेना र विद्रोही समूह तालिबानबीच युद्ध भएको छ ।

दक्षिण क्षेत्रको हेल्मण्ड प्रान्तको राजधानी लस्कर गाहमा तालिबान लडाकु र सरकारी सैनिकबीच युद्ध भइरहेको हो । युद्धका कारण यस सहरका हजारौँ मानिस ग्रामीण क्षेत्रमा विस्थापित भएका छन् । सरकारी सेनालाई अमेरिकी सेनाले हवाई आक्रमणमा सहयोग गरिरहेका छन् । हेल्मण्ड प्रान्तमा तालिबानले कब्जा जमाउनु अफगान सरकारका लागि ठूलो धक्का हुने बीबीसीले जनाएको छ । अमेरिकाले २० वर्षदेखि जारी सैन्य अभियान अन्त्य गर्ने घोषणा गर्दै आफ्ना सैनिक फिर्ता लैजान थालेपछि अफगानिस्तानमा तालिबानको गतिविधि बढेको छ ।

Comment


Related News

Latest News

Trending News