अपडेट 
२०७८ श्रावण १९, मंगलवार २०:११

नेपालमा मंगलबार थप ३ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १० हजार ६ सय ३८ पिसिआर परिक्षणका क्रममा २ हजार ४ सय ४८ र ६ हजार ८० एन्टीजेन परिक्षणका क्रममा ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ६५ हजार ८१५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा ९ हजार ९ सय २२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ९ सय ९४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ६० हजार ११६ संक्रमितले कोरोना जितेका छन् । हाल ३२ हजार ५९ सक्रिय संक्रमित आइशोलेशन र ३७१ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३६ लाख ३३ हजार ११८ वटा पिसिआर र ३ लाख ३१ हजार ८७९ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News