जनकपुरधाम ।लकडाउनमा देशको आर्थिक अवस्था कमजोर भएको बेला जनकपुरधामका एकजना व्यवसायी मनोज रुँगटालाई भने अत्यधिक फापेको छ ।
रुँगटा कपडा, छड, सिमेन्टको धन्धा गर्छन् ।भारतबाट कपडा ल्याउने र नेपालमा बेच्ने रुँगटाको छड र सिमेन्टको डिलरपनि छ ।लकडाउनमा नेपाल र भारतको सीमा बन्द रहेको र उद्योग धन्धाहरु समेत राम्ररी सञ्चालन हुन सकेन् । तर रुँगटाको भने कारोबार अत्यधिक फस्टाएको देखिन्छ ।लकडाउनको समयमापनि रुँगटाले करोडौको जग्गा खरिद गरेका छन् ।उनको हाल बसोबास रहेको जनकपुरधाम उपमहानगरपालिकाको वडा नं.१ मा करिब ५ वर्षको हाराहारीमा ७ कित्ता भन्दा बढी जग्गा खरिद गरेको देखिन्छ । उनले आफ्नो घरको दुई तर्फ जग्गा धनीले मागेको मुल्य दिएर धमाधम खरिद गरेका छन् ।अकल्पनिय मोल लगाएर उनले छेउका घरजग्गाहरु खरिद गरेको छिमेकीहरु बताउँछन् ।१३ फिटको सडकमा उनले धुरको २० लाख भन्दा महँगो दिएर घर जग्गा खरिद गरिरहेका छन् । रुँगटाको देखिने कारोबार कपडा र सिमेन्टको मात्र हो ।तर उनले गर्ने अन्य कारोबारमा बैंक भन्दा समेत सस्तो दरमा व्यक्तिलाई ऋण प्रवाह रहेको छ ।उनलाई नजिकबाट चिन्नेहरुका अनुसार वार्षिक १२ प्रतिशतमा नै उनले व्यक्तिलाई ऋण प्रवाह गरिरहेका छन् ।रुँगटासित ऋण काढेर जनकपुरधाममा कयौं कारोबारीहरुले साढे दुई र तीन प्रतिशतमा ऋण प्रवाह गर्छन् । रुँगटाको कपडाको कारोबारपनि हेर्दा समान्य जस्तै देखिन्छ ।उनले वार्षिक तिर्ने भन्सारको यकिन तथ्यांक प्राप्त नभएपनि समान्य व्यवसायीको भन्दा बढी नरहेको भन्सार कार्यालयका कर्मचारीहरु बताउँछन् ।लकडाउनको बेलापनि उनको कारोबार बन्द नभएको बताइन्छ ।
रुँगटाले किनेको जग्गापनि बिक्री गरेको देखिदैन् ।बैंकबाटपनि उनले लिएको ऋण न्युन रहेको बताइन्छ ।आन्तरिक राजस्व कार्यालयमा उनले वार्षिक तिर्ने कर ब्यवसायको भन्दा अलग छैन् । व्यक्तिगत करदाताको सुचीमा रुँगटा समेत उनको परिवारका कोहीपनि छैनन् ।उनी कर कार्यालयबाट हाल सम्म उत्कृष्ट करदाताको सुचीमा समेत परेका छैन् । रुँगटाको अघोषित कारोबार ब्यापक फैलिएपनि उनी कारोबार नै नभएको बताउँछन् ।‘लकडाउनको कारण सबै कारोबार ठप्प भएको छ’ उनले भने, छडको कारोबार छाडिसकेको छु ।सिमेन्ट र कपडाको कारोबारमा ज्यान नरहेको उनले बताए ।‘अब कपडा र सिमेन्टमा पनि चार्मिंग छैन्’ उनले भने, ब्याजको आफ्नो कुनै कारोबार छैन् । तर लकडाउनमा समेत भइरहेको प्रगतिबारे जिज्ञासा राख्दा उनले भने, यो सबै बैंकको ऋणबाट खरिद गरिएको छ ।कारोबार नै नभएको बेला घरजग्गा खरिदका लागि बैकले कसरी ऋण दियो भने प्रश्नमा उनी मौन रहे । रुँगटाको नदेखिने कारोबार देखिने भन्दा धेरै ठूलो रहेको बताइन्छ ।उनी कयौँ अबैध कारोबारमा संलग्न रहेको बताइन्छ ।वार्षिक रुपमा रुँगटाको आय र त्यसको स्रोतको खोजी गरिए तत्कालै यथार्थ सामुन्ने आउने रुँगटाका छिमेकीहरु बताउँछन् । मनोज रुँगटाले ब्यापक कर छलि गरेपनि सम्बन्धित निकायले चासो लिएको देखिदैन् ।स्रोतहरुका अनुसार रुँगटा कपडा तस्करीका ‘बेताज बादशाह’ हुन् ।


