अपडेट 
२०७८ श्रावण २०, बुधबार १७:०९

नेपालमा बुधबार थप ४ हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ११ हजार ३५४ पिसिआर परिक्षणका क्रममा २ हजार ९ सय ७५ र ४ हजार ९ सय ४४ एन्टीजेन परिक्षणका क्रममा १ हजार १ सय ३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ६९ हजार ९२७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ९ सय ५७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ५ सय ३५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ६१ हजार ६५१ जना कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ३३ हजार २६२ सक्रिय संक्रमित आइशोलेशन र ३७८ जना क्वारेन्टाइनमा छन् ।

Comment


Related News

Latest News

Trending News