अपडेट 
२०७८ श्रावण २१, बिहीबार ०७:०२

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र गृहमन्त्री बालकृष्ण खाण बीच भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा मङ् गलबार साँझ भएको भेटवार्तामा कोभिड नियन्त्रणका लागि सङ्घीय सरकार र प्रदेश सरकार सहकार्य गरेर अगाडि बढ्नेबारे छलफल भएको हो । सो अवसरमा मुख्यमन्त्री राउतले प्रदेशको सुरक्षा अवस्थाबारे गृहमन्त्री खाणलाई जानकारी गराएका थिए । भेटमा गृहमन्त्री खाणले कोभिड–१९ नियन्त्रणका लागि प्रदेश २ मा पर्याप्त मात्रामा खोप उपलब्ध भए पनि प्रयोग नभएको भन्दै प्रदेश २ का जनतालाई खोप लगाउनका लागि प्रदेश सरकारले उत्प्रेरित गर्न मुख्यमन्त्री राउतसँग आग्रह गरे । गृहमन्त्री खाणले भेटमा सङ्घीय सरकार र प्रदेश सरकारको सम्बन्धलाई मजबुद गरी देश र जनताको पक्षमा काम गर्ने बताए ।

Comment


Related News

Latest News

Trending News