२०७८ श्रावण २१, बिहीबार ०७:२६

पोखरिया । प्रदेश २ सरकारको लोकप्रिय कार्यक्रम मुख्यमन्त्री “बेटी पढाउ, बेटी बचाउ“ अभियान अन्तर्गत नेपाल राष्ट्रिय मा. वि. पटेर्वा सुगौली गाउँपालिका– ५ निचुटामा अध्ययनरत कक्षा ८ का छात्राहरुलाई साईकल वितरण गरिएको छ ।

भारतीय महाबणिज्य दूतावास बीरगंजका बाणिज्य दुत शैलेन्द्र कुमारको प्रमुख आतिथ्य एवं जसपा नेपालका प्रदेश सदस्य दिपक यादवको विशेष पहलमा एक कार्यक्रमका विच ४४ जना छात्राहरुलाई साइकल वितरण गरिएको युवा नेता शिव कुमार साहले बताए । नेपाल राष्ट्रिय मा. वि. निचुटाको प्र. अ. श्याम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जसपा नेपालको संघीय परिषद सदस्य सलाउदिन अहमद, मुस्लिम फोरम केन्द्रिय अध्यक्ष नुरुल होदा अन्सारी, प्रदेश सदस्य दिपक यदव, क्षेत्रीय अध्यक्ष नगेन्द्र यादव, युवा नेता शिव कुमार साह, किसान संघको अध्यक्ष असर्फी साह, स्थानीय नेता रसिद मिया, भिखारी देवान, दिनेश यादव, महिन्द्र साह, मैनोदिन अन्सारी, मधुकान्त चौधरी, अमरनाथ सिंह राठोर, वडा सदस्य सलमा खातुन, स्थानीय पत्रकार प्रमोद यादव, प्रहरी प्रसासन, बिधालयका शिक्षक र बिद्यार्थी एवं स्थानीय नागरिकको सहभागिता रहेको थियो ।

Comment

Related News

Latest News

Trending News