अपडेट 
२०७८ श्रावण २१, बिहीबार १०:३८

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले धनी र गरिब देशबीच कोरोनाविरुद्धको खोपको पहुँचमा ठूलो अन्तर देखिएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

डब्ल्यूएचओका महानिर्देशक डाक्टर ट्रेडोस एड्हानोम गेब्रेसियससले आयस्रोत कम भएका गरिब देश खोपको आपूर्ति गर्न नसक्दा समस्यामा परेका बताउनुभयो । उहाँले आउँदो सेप्टेम्बरसम्ममा गरिब देशका १० प्रतिशत नागरिकलाई खोप वितरणका लागि सहयोग गर्न पनि आग्रह गर्नु भएको छ । धनी तथा पहुँच वाला देशले कोरोना विरुद्धको खोपको तेस्रो डोज अर्थात बुस्टर डोज लगाउने तयारी गरिरहेका बेला डब्ल्यूएचओका महानिर्देशक गेब्रेसियससले यो आग्रह गर्नु भएको हो । यस्तै, उहाँले सेप्टेम्बरसम्म बुस्टर डोजलाई रोक्न पनि अपिल गर्नु भएको छ । बुस्टर डोजले कोरोना भाइरसको सङ्क्रमणलाई रोक्छ भन्ने कुनै पुष्टि नभएकाले हतार नगर्न आग्रह गरिएको हो । विश्वमा अहिले कोरोनाको डेल्टा भेरियन्टको सङ्क्रमण फैलिँदै गएपछि बुस्टर डोजमा धनी राष्ट्रहरुको ध्यान केन्द्रित भएको छ ।

इजरायल, जर्मनीलगायत केही देशले बुस्टर डोज लगाउने योजना गरिरहेको घोषणा समेत गरिसकेका छन् । तर, हाइटी, कङ्गोका नागरिकले अहिलेसम्म खोपको दोस्रो डोज पनि नपाएका बीबीसीले जनाएको छ।

Comment


Related News

Latest News

Trending News