अपडेट 
२०७८ श्रावण २१, बिहीबार १५:४६

होण्डा मोटरसाइकल तथा स्कुटरको जनकपुरधामको लागि आधिकारीक विक्रेता मिथिला अटोपेलेसले होण्डा कम्पनीको नाया स्कुटर जनकपुरधामको बजारमा ल्याएको छ ।

जनकपुरधामको मुजेलिया स्थित रहेको अटोपेलेसले विहिवार एक कार्यक्रमको आयोजना गर्दै होण्डा कम्पनीको नया स्कुटर ग्राजीया विएस ६ मोडेलेको सुविधा सम्पन्न स्कुटर जनकपुरधामको बजारमा ल्याएको हो । ओटोपेलेसका संचालक संतोष कुमार गुप्ताका अनुसार आज देखि जनकपुरधामको बजारमा ल्याइएको नया स्कुटरमा स्कुटर चलाउदा माइलेज देखाउने रियल टाइम माइलेजको फिचरका साथै अटो इन्जिन अफ विथ साइड स्टेण्डको फिचर समेत थप गरिएको छ । साथै नया स्कुटरमा फुली डिजिटर मिटर,फयुल इन्जेक्स सिस्टम,ग्राउण्ड क्लियरेन्स का साथै आकर्षक लुकमा स्कुटरहरु बजारमा ल्याइएको छ ।

जनकपुरधामको बजारमा आज देखि विक्री वितरण सुरु गरिएको सो स्कुटर रातो,कालो,पहेलो र खैरो गरि चार कलरमा उपलव्ध गरिएको छ भने यसको मुल्य दुइ लाख ६९ हजार ९ सय तोकिएको अटो पेलेसका संचालक गुप्ताले वताए ।

Comment


Related News

Latest News

Trending News