२०७८ श्रावण २४, आईतवार ०७:४०

मलगंवा । सर्लाहीको लालबन्दी नगरपालिकाले नेपाल माक्स अभियान २०७८ सुरु गरेको छ ।

कोरोना भाइरसको दोस्रो चरणको संक्रमण पुनः बढ्ने क्रममा रहेको तथा सम्भावित तेस्रो चरणको कोभिड–१९ रोकथाम तथा नियन्त्रणको पूर्व तयारी स्वरुप स्थानीय बासिन्दाहरुलाई मास्क प्रयोगको महत्व बुझाउँदै व्यवहार परिवर्तनका लागि प्रोत्साहन गर्न लालबन्दी नगरपालिकाले सप्ताहव्यापी नेपाल मास्क अभियान, २०७८ कार्यक्रम सुरु गरेको हो । नगरका सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुको संलग्नतामा आज साउन २३ गतेदेखि साउन २९ गतेसम्म यो अभियान चल्ने नगरपालिकाले जनाएको छ। यस अभियान मार्फत कोरोनाको संक्रमण समाप्त भइसकेको भन्दै माक्स लगाउन र स्वास्थ्य सम्बन्धि मापदण्ड अपनाउन लगभग छाडिसकेका स्थानीयबासीहरुलाई माक्स लगाउन र सरकारले जारी गरेको स्वास्थ मापदण्डको पालना गर्ने प्रोत्साहित गरिने नगरपालिकाले बताएको छ ।

Comment


Related News