कलैया । बाराको निजगढ नगरपालिका–१० स्थित लाल खोलामा निर्माण गरिएको झोलुङ्गे पुलको मेयर सुरेश खनालले उदघाटन गरेसंगै संचालनमा आएको छ ।
निजगढ नगरपालिका,ट्रायल ब्रीज सपोर्ट युनिट हेल्भेटास र आदर्श जनसेवा युवा क्लव बिरगंजको सहयोगमा झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको हो । पुल नहुदा वर्षाको समयमा खोलामा आउने बाढीको कारण वडा नम्बर १० लालका स्थानीयहरूलाई गाउबाट अन्यत्र आवतजावत गर्न असहज हुदै आएको परीस्थीतीलाई मध्यनजर गर्दै उक्त पुल निर्माण गरिएको थियो मेयर खनालले बताए । पुल निर्माणले स्थानीय ५ हजार भन्दा नागरीकहरु लाभान्वित हुने भएको छ । निजगढको पर्यटकीय क्षेत्रलाई समेत पुल निर्माणले सहयोग गर्ने खनालले भने । १ करोड १६ लाख रुपैंया लागतमा निर्मित झोलुङ्गे पुलको लम्बाई १ सय १९ मिटर रहेको लाल खोला झोलुङ्गे पुल निर्माण उपभोक्ता समीतीका अध्यक्ष हिरा बहादुर मोक्तानले जानकारी दिए । ५ फिट चौडाई रहेको उक्त झोलुङ्गे पुलमा साना यात्रुवाहक सवारीसाधन अटो समेत आवतजावत गर्न मिल्ने पुल निर्माण समितिका अध्यक्ष मोक्तानले भने ।


