अपडेट 
२०७८ श्रावण २५, सोमबार ०७:२८

जनकपुरधाम । कोरोना भाइरसको संक्रमण फेरी बढ्न थालेको छ । देशको विभिन्न स्थानमा संक्रमण बढेपनि प्रदेश २ मा संक्रमणदर स्थिर देखिएको छ ।

केहि दिनदेखि यस प्रदेशमा १० देखि ३० जनासम्म संक्रमित भेट्ने गरेका छन् । आईतवार १२ जना संक्रमित फेला परेका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा आईतवार धनुषामा २ जना, महोत्तरीमा ४ जना, सिरहामा ५ जना र बारामा १ जना संक्रमित फेला परेका छन् । कोरोनाको दोस्रो लहरमा हालसम्म ३७ हजार ८६४ जना संक्रमित भए । जसमध्ये ३६ हजार ५२३ जना निको भएका छन् भने १ हजार ३ जनाको मृत्यू भइसककेको छ । अहिले यस प्रदेशमा ३३८ जना सक्रिय संक्रमित रहेका छन् । निर्देशनालयले दिएको तथ्यांक अनुसार सप्तरीमा ६० जना, सिरहामा २९ जना, धनुषामा २९ जना, महोत्तरीमा ४४ जना, सर्लाहीमा १९ जना, रौतहटमा ५१ जना, बारामा ७७ जना र पर्सामा २३ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरुको अवस्था पनि सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको बताइएको छ । कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले देशभर ‘मास्क लगाऔं’ अभियान चलाएको छ । धनुषामा पनि प्रहरीले सर्वसधारणलाई सडकमै रोकेर मास्क लगाउन अनुरोध गर्ने गरेको देखिएको छ । यद्दपी यो अभियान प्रभाविकारी देखिएको छैन ।

Comment


Related News

Latest News

Trending News