अपडेट 
२०७८ श्रावण २५, सोमबार ०७:४९

केही दिनदेखि विश्वभर कोरोना संक्रमणको दर बढिरहेको छ । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार संक्रमण दर र मृत्यु दरसमेत बढेको देखाएको हो ।

त्यस्तै, निको हुनेको संख्या भने बढिरहेको पाइएको छ । नेपालमा पनि केही दिन यतादेखि कोरोना संक्रमितको संख्यामा बढिरहेको छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ७ हजार ९०२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ७ हजार ९०२ को मृत्यु भएको हो । त्यस्तै, विगत २४ घण्टामा विश्वभर ४ लाख ७० हजार ९०६ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म २० करोड ३४ लाख ४ हजार ४९८ जनामा कोरोना संक्रमण भएको छ। त्यस्तै, १८ करोड २७ लाख २ हजार ६६७ सय जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार मृत्यु हुनेको संख्या ४३ लाख ६ हजार ९८२ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट १० हजार ९३ जनाको ज्यान गएको छ । ३५ हजार ४८५ सक्रिय संक्रमित रहेका छन् भने ७ लाख १४ हजार ८७७ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ६ लाख ६९ हजार २९९ जना संक्रमित निको भइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News