अपडेट 
२०७८ श्रावण २५, सोमबार १३:३९

सुनको भाउ आज पनि घटेको छ । आज सुनकाे भाउ तोलामा एक हजार रुपैयाँले घटेर ८९ हजार रुपैयाँमा झरेको छ । हिजो पनि सुनको भाउ तोलामा १५ रुपैयाँले घटेको थियो ।

विश्वमा रोजगारी बढेसँगै सुनको कारोबारमा असर परेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार कोभिड-१९ का कारण रोजगारी गुम्दा विश्वमा सुनमा लगानी बढेको थियो । तर, पछिल्लो समय रोजगारी बढ्दै गएकाले सुनमा लगानी गर्नेभन्दा पनि सुन बिक्री गर्नेहरु बढेका उहाँले बताउनुभयो ।

रोजगारी नहुँदा आयस्रोतको रुपमा सुनमा धेरैले लगानी गर्ने हुँदा भाउ पनि बढ्दै जाने शाक्यले बताउनुभयो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अझै घट्ने  सम्भावना देखिएकाले नेपालमा पनि सुनको भाउ फेरि घट्ने अनुमान गरिएको छ। पोहोर कोभिड-१९ का कारण भएको लकडाउन पछि नेपालमा सुनको भाउ महँगाे हुँदै गएको थियो ।

गएको साउन महिनामा भाउ बढेर सुनकाे भाउ तोलामा एक लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । त्यसयता भनेर भाउले नयाँ रेकर्ड बनाएको छैन । यस्तै, आज चाँदी पनि तोलामा २५ रुपैयाँले घटेर १२ सय १५ रुपैयाँमा झरेको छ ।

Comment


Related News

Latest News

Trending News