अपडेट 
२०७८ श्रावण २६, मंगलवार ०६:४९

जनकपुरधाम । अवैध रुपमा सञ्चालित विद्यालयमा अध्ययनरत्त ३० जना विद्यार्थीको भविष्य नै चौपट हुने गरी एसइईको नतिजा सार्वजनिक भएको छ ।

जनकपुरधामको थापा चोकस्थित अवैध रुपमा संचालित युनाईटेड एकेडेमीमा अध्ययनरत्त कक्षा १० का ३० जना विद्यार्थीहरु हालै सार्वजनिक भएको एसइईको नतिजामा सी प्लस ग्रेडिङ पाएका छन् । ती विद्यालयले मिथिला नगरपालिकाको कटरैतस्थित सरस्वती माध्यमिक विद्यालयबाट विद्यार्थीहरुलाई एसइई परीक्षामा सहभागी गराउँदै आएका थिए । प्रधानाध्यापकसित ‘सेटिङ’ मा अवैध विद्यालयले विद्यार्थीहरुलाई सामुदायिक विद्यालयबाट एसइई परीक्षामा सहभागी गराउँदै आएका थिए । तर, २०७७ सालको एसइई परीक्षा कोरोनाका कारण भौतिक उपस्थितिमा नगराउन भनेपछि आन्तरिक मुल्यांकनको आधारमा ग्रेडिङ दिएर पठाएको नतिजा राष्ट्रिय परीक्षा बोर्डको कार्यालयले सार्वजनिक गरेको थियो । आन्तरिक मुल्यांकनको क्रममा युनाइटेड एकेडेमीमा अध्ययनरत्त ३० जनै विद्यार्थीलाई एउटै गे्रड(सी प्लस) दिएका छन् । सबै विद्यार्थीको ग्रेडिङ एकैप्रकारको आएपछि अभिभावक आक्रोसित बनेका छन् । परीक्षामा सहभागी ३० जना विद्यार्थीहरुसंग सरस्वती माविका प्रधानाध्यापक बद्रिनारायण यादवले ए प्लस गे्रडिङका लागि प्रति विद्यार्थी १० हजारका दरले मागेको र नदिएपछि मुल्यांकन घटाएको युनाइटेडका प्रिन्सिपल कुशे यादवले आरोप लगाए । विद्यार्थीका अभिभावक सोमबार जनकपुरधाम उप महानगरपालिकाका मेयर लाल किशोर साह संग भेटेर आफ् नो बालबालिकाहरुको भविष्य अन्धकारमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

फर्जी विद्यालयमा अध्ययन गराएका कारण आफ्नो बालबालिकाहरु संग यस्तो भएको भन्दै उनीहरुले गुनासो गरेका छन् । मेयर साहले भने यस घटनाको विषयमा शिक्षा प्रमुख मिहिलाल यादव र अधिकृत अञ्जु पाण्डे संग अभिभावकहरुकै सामु छलफल गरेर आबश्यक प्रक्रिया अगाडी बढाउन निर्देशन दिएका छन् । मेयर साहले भने–‘विद्यार्थीहरुको भविष्य संग खेलवाड गर्नेलाई कानुनी कारवाही अगाडी बढाउनुस् ।’ बर्दिबास नगरपालिका ९ का विद्यार्थी रमेश कुमार महतोका दाजु दिपेश महतोले आफ्नो विद्यार्थी स्तरीय शिक्षा आर्जन गर्नबाट बञ्चित भएको भन्दै पैसाको चलखेल गरेका युनाईटेड एकेडेमी र सरस्वीत मावि कटरैतका प्रधानाध्यापकहरुलाई कारवाहीको माग गरेका थिए । त्यस्तै जनकपुरधाम–१४ रजौलका अहन राउतका आमा गन्ताकुमारी राउतले पनी फर्जी विद्यालयहरु विद्यार्थीको भविष्य संग खेलवाड गरेको भन्दै कारवाहीको मागका साथै ग्रेडिङ्गमा सुधार ल्याउनु पर्ने माग गरेका थिए । जनकपुरधाम–१३ का विद्यार्थी अर्जुन बाबु ठाकुरका वुवा उमेश ठाकुरले राष्ट्रिय परीक्षा बोर्डलाई यस विषयमा जानकारी गराई आफ्नो छोरालाई उच्च शिक्षा हासिल गर्ने बातावरण बनाउन माग गरेका थिए । यता विद्यार्थीहरुले आफेनो भविष्य संग खेलवाड गरेको भन्दै युनाईटेड ऐकेडेमी विद्यालयका अगाडी सोमवार प्रदर्शन गरेका छन् । विद्यार्थीहरुका अनुसार मुल्यांकन भन्दा पहिले बसेको विद्यार्थी, विद्यार्थीको अभिभावक र शिक्षकहरुको वैठकमा विद्यालयका प्रिन्सिपल कुशे यादवले विद्यार्थीहरुको मुल्यांकन बढाएर उच्च ग्रेड ल्याउनका लागि प्रति विद्यार्थी १० हजार माग गरिएको थियो तर अभिभावकले विभिन्न फिसहरु तिर्दै आएकोले प्रिन्सिपल यादवले माग गरेको पैसा दिनबाट अस्विकार गरेको थियो ।

यता रिजल्ट सार्वजनिक भएपछि सो विद्यालयका ३० जना विद्यार्थीको रिजल्ट कमजोर आएको यसबाट उच्च शिक्षामा साइन्स विषय पढनबाट वञ्चित भई भविष्यनै अन्धकार भएको भन्दै विद्यालय विरुद्ध अदालत जाने चेतावनी समेत दिएको छ । अभिभावकहरुका अनुसार सो विद्यालयसंग कक्षा १० को पठनपाठन गराउने अनुमति पनि छैन् । तर, राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको क्षमता भन्दा बढी ग्रडिङ्ग गरेको भन्दै १२ वटा विद्यालयहरुलाई छानविनको दायरामा राखेका छन् । त्यसतै विद्यार्थीको क्षमता भन्दा कम ग्रेडिङ्ग गर्ने विद्यालयलाई छानविन गरी ग्रेडिङ्ग बढाउन सकिने जनकपुरधाम उप महानगरपालिकाका शिक्षा शाखा अधिकृत अञ्जु पाण्डेले बताइन् । उनले भनिन–‘राष्ट्रिय परीक्षा बोर्डको बैठकवाट निर्णय भए उनीहरुको ग्रेडिङ्ग बढाउन सकिन्छ ।’ जनकपुरधाम उप– महानगरपालिकामा यस्ता दर्जनौ फर्जी विद्यालयहरु छन् जो सम्वन्धन भन्दा बढी कक्षा सञ्चालन गरेको पाइन्छ तर उनीहरुलाई कारवाही गरिएको छैन् । विद्यालयहरुको छाता संगठनहरुकै दवाव र धम्की कारण प्रत्येक बर्ष विद्यार्थीहरुको भविष्य अन्धकारमा धकेलिने गरिएको छ ।

Comment


Related News

Latest News

Trending News