२०७८ श्रावण २६, मंगलवार ०७:१७

मलगंवा । सर्लाही जिल्लाको मलंगवा नगरपालिकामा नेकपा माओवादी केन्द्रको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

मलंगवा नगरपालिका वडा न–४ स्थित सोमवार कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो । कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा मलंगवा न.पा वडा न–४ र १० का नेता तथा कार्यकर्ताहरु विभिन्न पार्टीहरु परित्याग गरी पार्टीका सर्लाही जिल्ला कमिटी सदस्य एवं कार्यक्रमका अध्यक्ष नविराज खानको पहलमा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नव प्रवेसीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पार्टीका सर्लाही जिल्ला कमिटी सचिव कमल बुढाथोकी तथा वडा न–४ का वडा कमिटी अध्यक्ष राम दरेश राय र वडा न–१० का वडा कमिटी अध्यक्ष राम विश्वास महतोले संयुक्तरूपमा फुलको माला र टीका लगाई स्वागत गरेका छन् । वडा न –४ का वडा कमिटी अध्यक्ष राय र वडा न–१० का वडा कमिटी अध्यक्षले एकैसाथ एउटै मञ्चबाट २०० सय भन्दा बढी स्थानीय हरुलाई नेकपा माओवादी केन्द्रमा प्रवेश गराएको कार्यक्रमका संचालक आकाश कुमार दासले जानकारी दिए । कार्यक्रममा माओवादी केन्द्रका दिनेश राय,डा.राकेश राय ,हसन मिकरानी,विश्वजित डिसी,रामपृत यादव,राम विश्वास ठाकुर,लक्ष्मीनारायण चौधरी लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुको स्वागत जितेन्द्र कुशवाहाले गरेका थिए ।

Comment


Related News