अपडेट 
२०७८ श्रावण २६, मंगलवार ०७:३७

कलैया । लुमन्ति आवासका लागि सहयोग समूह कलैयाका कार्यक्रम संयोजक अब्दुल कैशले सोमबार कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवलाई स्वास्थ्य समाग्रीहरु हस्तान्तरण गरेका छन ।

पिपिई सेट २० थान, फेस शिल्ड १ सय ५० थान, सेनिटाइजर (२ सय मिलिमिटरको १ सय ५० थान), सर्जिकल मास्क २ सय प्याकेट , नेल कटर १ सय ४७ थान, सेनिटरी प्याड ३० प्याकेट , ह्याण्ड वास १ सय ५० थान, स्टिलको थर्मश २० थान, पाउच ब्याग १० थान, पल्स अक्सिमिटर १० थान, सानो टावल १ सय ३० थान, नुहाउने साबुन १ सय ५० पिस, तुथ ब्रस १ सय ५० पिस, वाटर डिसपेन्सर ५ सेट, सरफ ४ सय ग्रामको १ सय ५० पिस , लुगा धुने साबुन १ सय ५० पिस हस्तान्तरढा गरेका थिए । समाग्रीहरु बुझदै नगप्रमुख यादवले लुमन्तीको सहयोग निकै सराहनिय भएको बताउदै अगामी दिनहरुमा पनि सहयोगको अपेक्षा रहने कुरामा जोड दिए । यो समाग्रीले काभिड १९का रोगबाट बच्नमा ठुलो टेवा पुग्ने समेत मेयर यादवले भने । हस्तान्तरण कार्यक्रममा कलैया उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेमचन्द्र जयसवाल ,कलैया उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष अम्बिका प्रसाद यादव , वडा नं. २० का इमामुदिन मिया ठकुराई , दिप शिखा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड. की अध्यक्ष रामरति देवी पासवान, सहकारीकै व्यवस्थापक अखिलेश राम, लुमन्तिकी लेखापाल नितु मन्डल, इन्जिनियर विवेक तिवारी, लुमन्तिका सामुदायिक सहजकर्ताहरु सरीता कुशवाहा, अजय मन्डल, शहरी गरीबी निवारण मञ्चका अध्यक्ष रबिन्द्र प्रसाद साह लगायतको सहभागिता रहेको लुमन्तिका सामुदायिक सहजकर्ता अनिल मण्डलले बताए ।

Comment


Related News

Latest News

Trending News