२०७८ श्रावण २७, बुधबार १०:४८

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त हुनु भएको छ ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । मन्त्रालयले बुधबार घिसिङलाई नियुक्ति पत्र दिने तयारी गरेको छ । प्राधिकरणमा रहँदा उहाँले लोडसेडिङको अन्त्य, चुहावट नियन्त्रणमा सफल हुनुभएको थियो  । घिसिङको यसअघिको कार्यकालमा सुरु गरेका धेरै आयोजना प्राधिकरणको वर्तमान नेतृत्वले अघि बढाउन नसकेको र प्राधिकरण फेरि पहिलेकै अवस्थामा फर्किने जोखिम हुने ठहर गर्दै घिसिङलाई फेरि मौका दिने सहमति भएको बताइएको छ ।

यता, सरकारले यसअघिका प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा (सचिव सरहको पदमा) ४ वर्षका लागि नियुक्त गरेको छ । कुलमानलाई कार्याकारी निर्देशक नियुक्त गरेसँगै सरकारले शाक्यलाई विज्ञताका आधारमा नयाँ सम्मानजक नियुक्त गर्ने निर्णय गरेको हो । घिसिङ यसअघि २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर विदा हुनु भएको थियो ।

घिसिङ प्रधिकरणको कार्याकारी निर्देशकमा पुनः नियुक्त भए पछि उहाँले गनुभएको अघिल्लो कार्यकालमा गर्नुभएको उदाहरणिय कामले निरन्तरता पाउने भए संगै सर्वसाधरणमा भने खुसीयाली छाएको छ ।

Comment


Related News

Latest News

Trending News