अपडेट 
२०७८ श्रावण २७, बुधबार १६:४५

पछिल्लो २४ घण्टामा नेपालमा थप ३४८१ जनामा संक्रमण पुष्टि भएको छ ।

१६ हजार ६५६ जनामा परीक्षण गर्दा पीसीआरबाट १० ९०७ र एन्टिजेनबाट ५७४९ जनाको परीक्षण गरिएको थियो । पीसीआरबाट २६१६ र एन्टीजेनबाट ८६५ जनामा संक्रमण पुष्टि भएको हो ।  नेपालमा हालसम्म पीसीआर विधिबाट ७ लाख २३ हजार २९६ जना र एन्टिजेन विधिबाट ७२ हजार ९५ जनामा संक्रमण पुष्टि भइसकेको छ । नयाँ संक्रमित थपिएसँग देशभर ३८ हजार ३३ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ३४ हजार ८१३ जना होम आइसोलेसन, ३ हजार २२० जना संस्थागत आइसोलेसन, ७९६ जना सघन उपचार कक्ष र १८४ जना भेन्टिलेटरमा रहेका छन् ।

यही अवधिमा थप १८८५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कूल संक्रमितमध्ये हालसम्म ६ लाख ७५ हजार ८३ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९३.४ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा थप ३० जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । १.५ प्रतिशत मृत्यु दर रहेको नेपालमा  १० हजार १८० जनाले ज्यान गुमाइसकेका छन् ।

बुधबारसम्म ४५ लाख ७० हजार ५५३ जनाले खोपको पहिलो मात्रा र २८ लाख ८८ हजार ३६० जनाले पूर्ण मात्रा लगाइसकेका छन् ।  गत २४ घण्टामा १ लाख ९५ हजार २११ जनाले खोप लगाएका छन् ।

Comment


Related News

Latest News

Trending News