२०७८ श्रावण २८, बिहीबार ०६:५४

जनता समाजवादी पार्टी (जसपा) को वैधानिकता बैधानिकता गुमाएको महन्थ ठाकुर समुहलाई नयाँ दल गठन गर्न फलामको च्युरा भएको छ ।

ठाकुरले तराईको १७ जिल्लामा गरेको अगुवा कार्यकर्ता भेलामा नयाँ दल गठनका लागि उत्साहजनक संकेत सहभागिहरुले दिएका छैनन् ।ठाकुर निकटका नेताहरुले राजेन्द्र महतोलाई समान हैसियतमा नराख्न समेत ब्यापक दवाव दिएका छन् ।यद्यपी ठाकुर त्यस सम्बन्धमा निर्णयमा पुगेको छैन् । जसपा कार्यकारिणी समितिको अध्यक्षमा पहिलो नम्बरमा रहेका ठाकुरलाई उपेन्द्र यादवले सम्मान गरेका थिए ।महतो भने राजेन्द्र श्रेष्ठ भन्दापनि पछाडी थिए ।तर यादवबाट अलग्गिएपछि महतो ठाकुर सरहको हैसियतमा पुगेका छन् ।त्यसलाई ठाकुर पक्षधरहरुले रुचाएका छैनन् । ठाकुरको अत्यधिक विश्वसनिय सहयोगी मध्येका वृशेषचन्द्र लाल, डा.विजय कुमार सिंहले उनको कार्यक्रम नै बहिष्कार गरेका थिए ।अन्य जिल्लाहरुमा समेत सहभागि नभै उनीहरु बिभिन्न माध्यमबाट आक्रोश व्यक्त गरिरहेका छन् । पूर्व तमलोपाका नेताहरुले एकल अध्यक्ष रहनेगरि नयाँ दल खोल्न ठाकुरमाथि दवाव बनाइरहेका छन् ।तर महतोलाई अलग्याएर ठाकुर अगाडी बढने हिम्मत जुटाउन सकिरहेका छैनन् ।जिल्ला अगुवा कार्यकर्ता भेलामा महतो भन्दा ठाकुर समर्थकहरुको सहभागिता अत्यधिक रहेको थियो । अनिल झा र शरतसिंह भण्डारीलाई अगाडी राखिए ह्रदयेश त्रिपाठी लगायतका नेताहरु नजोडिने तर्फ ठाकुर सचेत देखिएका छन् ।तर उनीहरुलाई छाड्न सक्ने अवस्थामा अझै उनी पुगिसकेका छैनन् ।

जसपाको आधिकारिकता पाउनु अगावै महतो निकटका वरिष्ठ नेताहरुले उनलाई छाडेर उपेन्द्र यादव समुहमा लागेका थिए ।लक्ष्मण लाल कर्णपनि महतो भन्दा ठाकुरसित बढि नजिकिएका छन् ।ठाकुर–महतो समुह भनिएपनि गुटमा महतो भन्दा शरतसिंह बलियो देखिएको छ । महतोलाई हटाएर नै पार्टी बनाउनु पर्ने दवावलाई थेग्न कठिन महसुस गरिरहेका ठाकुरले हाल जसपामै रहने मनस्थितिमा छन् ।मन्त्रिपरिषदले पूर्णता पाएपछि यादव समुहमा रहेका करिब आधा दर्जन सांसद आफ्नो पक्षमा फर्किने आशामा ठाकुर छन् । तर त्यो अवस्था नै आउन नदिन यादवले पुरा तयारी गरेको बताइन्छ ।उनले सर्वोच्च अदालतबाट मुद्दाको छिनोफानो भए मात्र सरकारमा जाने संकेत गरिसकेका छन् ।ठाकुरको वरियताका लागि चिन्तित देखिएका उनका सहयोगीहरुले भने आफ्नो स्थान असुरक्षित भएको महसुस गर्न थालेका छन् ।

Comment


Related News

Latest News

Trending News