२०७८ श्रावण २८, बिहीबार ०७:०६

जनकपुरधाम । महिलालाई आत्मनिर्भर बनाई उनीहरुको जीवनस्तर उकास्न धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले सिलाई मेसिन वितरण गरेको छ । क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियारको अध्यक्षतामा आयोजित एक कार्यक्रम विच वडा नम्बर १ देखि १० सम्म सिलाई सम्बन्धी सिप लिएका महिलाहरुलाई सिलाई मेसिन निशुल्क वितरण गरिएको हो ।

नगर प्रमुख पजियारले बुधवार एक कार्यक्रमका विच करिब १ सय १० सिप सिकेका महिलाहरुलाई सिलाई मेसिन वितरण गरेका थिए । कार्यक्रममा नगर प्रमुख पजियारले महिलाहरुलाई आत्मनिर्भर बनाउन नगरपालिकाबाट विभिन्न किसिमको कार्यक्रमहरु गर्दै आएको बताए । अगामी दिनमा पनि सुझाब सल्लाह अनुसार कार्यक्रमहरु अगाडि बढाउने प्रतिबद्धता जनाए । सिलाई मेसिन वितरण गर्दै महिलाहरुलाई केही हद सम्म आर्थिक उन्नती गर्ने उदेश्यका साथ नगरपालिकाले यस्तो कार्यक्रम ल्याएको उनले थपे ।

विगतमा पनि सिलाई कटाई, व्यूटीपार्लर जस्ता साना घरेलू उद्योगका सामग्रीहरु वितरण गरेको छ । कोरोनाको कारण धेरै कार्यक्रम गर्न नसकिरहेको बताउँदै उनले बल्ल यसपाली यो कार्यक्रम गर्न सफल भयो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाले नगरपालिकामा ज्यान गुमाएका परिवारलाई ५० हजार, अस्पतालाउपचार गराएकालाई १५ हजार र घरमै बसेर उपचार गरेकालाई ५ हजार वितरण गरिएको छ ।

त्यस्तै नगर प्रमुख पजियार कार्यपालिका बैठकबाट आउने दशैं नजिक नयाँ कार्यक्रम अन्तर्गत दलित समुदायहरुको लागी ग्यास सिलेन्डर र चुल्हा वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रमोद घिमिरेले आफुले सिकेको सिपलाई सक्दो उपयोग गर्न आग्रह गरे । सिकेको सिपलाई प्रविधियुक्त बनाउन पुर्नःताजगी तालिमका लागी नगरपालिकामा माग गर्न पनि आग्रह गरे । महिलाको जीवन उकास्ने क्षेत्रमा लगानी गर्न नगरपालिका संधै तयार रहेको बताए । मेसिन प्राप्त गर्न ठुलो कुरा नभएको भन्दै उनले सिकेको सिप सदुपयोग गरि आत्म निर्भर बन्न उनले सबै महिलालाई आग्रह गरे । कार्यक्रममा वडाध्यक्ष श्याम किशोर यादव, जय किशोर सिंह, जगदिस यादव, जिवछ मण्डल, मान बहादुर श्रेष्ठ, राम किशुन यादव, अशोक चौधरी, राम पदार्थ यादव, वडा सदस्य लगायतको उपस्थिती रहेको थियो ।

Comment


Related News