२०७८ श्रावण २८, बिहीबार ०७:१४

गौर । नेपाल मानव अधिकार संगठन जिल्ला कार्य समिति र मेची महाकाली संयुक्त बुहारी आवाज जिल्ला कार्य समित रौतहटको संयुक्त आयोजनामा बुधवार मानव अधिकार शिक्षा सम्मान कार्यक्रम चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ ।

मानव अधिकारको संरक्षणको लागि कार्य गर्ने सुरक्षा निकायका प्रमुख ,महिला अधिकारकर्मी ,संचारकर्मीहरुलाई सम्मानित गरिएको थियो । निलहरि कोइरालाको सभापतित्वमा भएको सम्मान कार्यक्रममा प्रहरी उपरीक्षक शिद्धि विक्रम शाहले मानव अधिकारको संरक्षण संवद्र्धन र पालना गर्नु गराउनु सवैको कर्तव्य भएको बताए । नेपालको संविधानमा मौलिक हकमा व्यक्तिको बाँच्ने अधिकार , बोल्ने स्वतन्त्रता , स्वाश्थ्य , शिक्षा , आवास , खाध्य लगायतको व्यवस्था गरिएकोले व्यक्तिको मौलिक हकको पालना गर्नु पर्ने जोड दिए । मानव अधिकारको हननको घटना बढ्दै जानु दुखद भएकोले यसको प्रति राज्यका सवै अंग र सरोकारवाला सचेत हुनु पर्ने उनको धारणा थियो ।

कार्यक्रममा प्रहरी उपरीक्षक शाह , मेची महाकाली संयुक्त बुहारी आवाज प्रदेश २ का प्रदेश संयोजक पुजा पाठक तिमिल्सिना , सह संयोजक अन्जना पन्त कडरिया , महिला तथा बाल बालिका सेवा केन्द्र गरुडाका प्रहरी सहायक निरीक्षक फुलमाया गुरि , मेची महाकाली संयुक्त बुहारी आवाज प्रदेश सदस्य गित राउत , बारा संयोजक सावित्री बराल , सर्लाही जिल्ला सदस्य अन्जना नेपाल , कोषाध्यक्ष यशोधा राउत , मानव सेवा केन्द्र गौरका अध्यक्ष एवं गौर नगरपालिकाका उपप्रमुख किरण ठाकुर , नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिवपुरी ,संचार्कारी संजय कार्की , जनकपुर टुडेका राकेश कुमार यादव , संचारकर्मी सन्तोष काफ्ले , बाल विक्रम कार्कीलाइ सम्मानित गरिएको आयोजक संस्थाका सह संयोजक टेक बहादुर चौरेलले जानकारी दिए । इन्सेक रौतहटका सहजकर्ता गोविन्द रामले संचालन गरेको कार्यक्रममा नेपाल मानव अधिकारी सङ्गठन महिला केन्द्रिय सदस्यमा मनोनयन भएका पुजा पाठक तिमिल्सिनालाइ प्रमाण पत्र समेत प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा संगठनका अन्य सदस्यहरुलाई सदस्यता प्रदान गरिएको थियो ।

Comment


Related News